८ पुस २०८२, मंगलबार | December 23, 2025

अर्घाखाँचीका भुसाल भारतमा दिगो विकास दूतको रूपमा सम्मानित



अर्घाखाँची । नेपाली मोटिभेसन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल मोटिभेश्न‍ल स्पिकर केपी भुसाल भारतमा सम्मानित भएका छन् ।

भारतको हैदरावादमा सम्पन्न आर्टिफिसियल इन्टेलिजेन्स फर सस्टनेवल डेभ्लपमेन्ट नामक अन्तर्राष्ट्रिय सम्मेलनमा भुसाल दिगो विकास दूतका रूपमा सम्मानित भएका हुन् ।

भारत सरकारको सूक्ष्म, लघु तथा मध्यम उद्यम मन्त्रालय र बहुउद्देश्यीय सचेतना केन्द्रको संयुक्त आयोजनामा होटेल ताजमहलमा सम्पन्न सम्मेलनमा प्रमुख वक्ताको रूपमा पुगेका भुसाललाई विशेष सम्मान गरिएको हो ।

अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ बाँजाखर्क स्थायी घर भएका भुसालले कानुन विषयमा समेत स्नातक गरेका छन् ।

मध्यम परिवारमा जन्म भई कक्षा १२ सम्म अर्घाखाँचीको धारापानीमा अध्ययन गरेका भुसालले आम नेपालीहरूमा सकारात्मक चेत प्रवाह गर्न सके आत्महत्या, बालविवाह, बलात्कार जस्ता अपराध कम हुनसक्ने बत्ताउँछन् ।

विभिन्न संघ संस्था तथा स्थानीय सरकारसँगको समन्वयमा देशभर व्यक्तित्व विकास, नेतृत्व विकास र उद्यमशीलता अभिवृद्धि सम्बन्धी सेमिनार सम्पन्न गर्ने लक्ष्य रहेको भुसालले बताए ।

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  ७ : ३७ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना