३ आश्विन २०८३, शनिबार | September 20, 2026

असोज १ गते एमालेद्वारा वाकथन आयोजना



काठमाडौं । एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन उपत्यकामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

आठौं संविधान दिवसका अवसरमा पार्टीले आगामी १ असोजमा उपत्यकामा वाकथन आयोजना गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगले संविधान जारी भएको दिन ३ असोजमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने मिति तोकेकाले एमालेले यो कार्यक्रम १ असोजमा तय गरेको हो ।

उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतीदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट हजारौं मानिसहरूको सहभागितामा सुरू हुने वाकथनको वसन्तपुर पुगेर विसर्जन गर्ने कार्यक्रम तय गरिएको छ । सभामा पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन्।

वाकथनलाई भव्य बनाउन सोमबार पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको तयारी बैठकमा उपमहासचिव विष्णु रिमालले लामो राजनीतिक संघर्षपछि नेपाली जनताले संविधानसभाबाट संविधान पाएको विषयलाई त्यही उचाइमा महत्व दिनु आवश्यक देखिएकाले पार्टीले एउटा परम्पराको थालनी गर्न चाहेको र यसबर्ष वाकथन आयोजना गर्न लागिएको बताए ।

संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई पार्टीको घेराभित्र सीमित नगरिएको र देशभक्त, सामाजिक क्षेत्र, पेशा, व्यवसायमा संलग्न तथा एमालेप्रति शुभेच्छा राख्ने आम जनसमुदायलाई सहभागिताका लागि आह्वान गरिएको छ । बैठकमा स्थायी कमिटी सदस्य भानुभक्त ढकालले कार्यक्रमबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  १ : ०५ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब