११ भदौ २०८३, बिहिबार | August 27, 2026

काठमाडौं आइपुग्दै चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चाङ्सु



काठमाडौं । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चा काठमाडौं आइपुग्न लागेकाछन् ।

अध्यक्ष ली करिब साढे ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्दैछन् । लीलाई स्वागत गर्न संसद सचिवालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरु र चिनियाँ दूतावासका अधिकारीहरु विमानस्थलमा पुगेकाछन् ।

चार दिने नेपाल भ्रमणको क्रममा आएका ली र नेपाली समकक्षी अग्निप्रसाद सापकोटाले नेपाल र चीनको संसदबीच संसदीय सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने बताइएको छ ।

अध्यक्ष ली विमानस्थलबाट सोझै सोल्टी होटल जानेछन् । उनी बस्ने प्रबन्ध सोही होटलमा मिलाइएको छ । सोल्टीबाट उनी सभामुख सापकोटासँग शिष्टाचार भेटवार्ता गर्न संसद भवन नयाँ वानेश्वर आउनेछन् । त्यसक्रममा सबै दलका प्रमुख सचेतक, सचेतक र नेपाल चीन मैत्री संसदीय समहुका सदस्यहरु उपस्थित हुनेछन् ।

सभामुख सापकोटाले अध्यक्ष लीको सम्मानमा सोल्टी होटलमा रात्रिभोजको आयोजना गरेका छन् ।
लीले भोलि मंगलबारबिहान सवा ९ बजे राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनासँग संसद् भवनमै भेटवार्ता गर्नेछन् । त्यसपछि बिहान १० बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग र पौने ११ बजे माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् ।
त्यहाँबाट होटलमा पुगेपछि खाना खानेछन् भने त्यसपछि परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष लीले दिउँसो बालुवाटारमा प्रधानमन्त्री देउवालाई शिष्टाचराा भेटका लागि जानेछन् भने अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
अध्यक्ष ली बिहीबार बिहान चीन फर्कने कार्यक्रम रहेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरियताक्रममा रहेका अध्यक्ष लीको सुरक्षाको लागि नेपाली सेनाको कर्णेलको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ३ : १२ बजे

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०