२० मंसिर २०८२, शनिबार | December 6, 2025

काठमाडौं आइपुग्दै चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चाङ्सु



काठमाडौं । चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चा काठमाडौं आइपुग्न लागेकाछन् ।

अध्यक्ष ली करिब साढे ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्दैछन् । लीलाई स्वागत गर्न संसद सचिवालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरु र चिनियाँ दूतावासका अधिकारीहरु विमानस्थलमा पुगेकाछन् ।

चार दिने नेपाल भ्रमणको क्रममा आएका ली र नेपाली समकक्षी अग्निप्रसाद सापकोटाले नेपाल र चीनको संसदबीच संसदीय सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने बताइएको छ ।

अध्यक्ष ली विमानस्थलबाट सोझै सोल्टी होटल जानेछन् । उनी बस्ने प्रबन्ध सोही होटलमा मिलाइएको छ । सोल्टीबाट उनी सभामुख सापकोटासँग शिष्टाचार भेटवार्ता गर्न संसद भवन नयाँ वानेश्वर आउनेछन् । त्यसक्रममा सबै दलका प्रमुख सचेतक, सचेतक र नेपाल चीन मैत्री संसदीय समहुका सदस्यहरु उपस्थित हुनेछन् ।

सभामुख सापकोटाले अध्यक्ष लीको सम्मानमा सोल्टी होटलमा रात्रिभोजको आयोजना गरेका छन् ।
लीले भोलि मंगलबारबिहान सवा ९ बजे राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेनासँग संसद् भवनमै भेटवार्ता गर्नेछन् । त्यसपछि बिहान १० बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग र पौने ११ बजे माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् ।
त्यहाँबाट होटलमा पुगेपछि खाना खानेछन् भने त्यसपछि परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष लीले दिउँसो बालुवाटारमा प्रधानमन्त्री देउवालाई शिष्टाचराा भेटका लागि जानेछन् भने अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
अध्यक्ष ली बिहीबार बिहान चीन फर्कने कार्यक्रम रहेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरियताक्रममा रहेका अध्यक्ष लीको सुरक्षाको लागि नेपाली सेनाको कर्णेलको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ३ : १२ बजे

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास