१० पुस २०८२, बिहिबार | December 25, 2025

बालवाटारमा गठबन्धनका शीर्ष नेता पाँच घन्टादेखि छलफलमा, आजै सिट बाँडफाँड टुंग्याउने प्रयास



काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँचदलीय गठबन्धनको बैठक जारी छ । बिहान १० बजेदेखि सुरु बैठक खाना, खाजापछि पनि चलिरहेको छ ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडको टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बसिरहेको हो । बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राजमो उपाध्यक्ष दुर्गा पौडेलका साथै सिट बाँडफाँडसम्बन्धी कार्यदलका सदस्यहरू सहभागी छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदलले ९० सिटको मात्र भागबन्डा लगाएर तयार पारेको अपुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाइएको छ । अब बाँकी ७५ सिटमा सिट बाँडफाँडको जिम्मा शीर्ष नेतालाई दिइएको छ । ९० सिटमा पनि १० स्थानमा दोहोरो र १५ स्थानमा तेहेरो दाबी परेको छ । सोही कारण दलहरूलाई सिट बाँडफाँडमा सकस परेको हो ।

कार्यदलका एक सदस्यले आजै सिट बाँडफाँडको टुंगो लगाउने बताए । ‘सम्भवतः आजको बैठक सिट बाँडफाँडबारे एउटा सहमतिमा पुग्छ होला । प्रदेशको पनि सिट बाँडफाँड गर्नुपर्ने भएकाले प्याकेजमै टुंगो लगाउने कि भन्ने मत केही नेतामा देखियो,’ उनले भने ।

कांग्रेसमा एक सय सिटभन्दा तल नझर्न शेखर कोइराला पक्षको चर्को दबाब छ । माओवादीले ६० र एकीकृत समाजवादीले ४० सिटमा दाबी गरेका छन् । जसपाले ३२ सिट पाउनुपर्ने अडान राखेको छ ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ३ : ५२ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना