२० बैशाख २०८३, आइतबार | May 4, 2026

सभामुख सापकोटाले गरे चिनियाँ जनकंग्रेसका सभामुख ली चाङ्सुलाई स्वागत (फोटो फिचर)



काठमाडौं । नेपालको तीन दिने भ्रमणका लागि चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष (सभामुख) लि चाङ्सु नेपाल आइपुगेका छन् ।

अध्यक्ष ली सोमबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । उनलाई विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटाले स्वागत गरेका छन् ।

सापकोटाको निमन्त्रणामा आएका अध्यक्ष लिले नेपालमा रहँदा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नेछन् । सोल्टी होटलमा केही समय आराम गरेपछि उनी नेपाली समकक्षी सापकोटासँग भेटवार्ताका लागि लि संसद् भवन नयाँ बानेश्वर जानेछन् ।

सभामुखले लिको सम्मानमा सोमबार साँझ रात्रिभोजको आयोजना गरेका छन् । तर, राष्ट्रिय सभा सदस्य गणेशप्रसाद तिमिल्सिनाले भने रात्रिभोजमा सरिक नहुने जानकारी गराएका छन् । बेलायती महारानी एलिजावेथ द्वितीयाको निधनमा नेपालले तीन दिन शोक दिवस मनाइरहेकाले यस्तो बेला आयोजना गरिएको रात्रिभोजमा आफू सरिक नहुने उनले जनाउ दिएको स्रोतले बताएको छ ।

मंगलबार अध्यक्ष लिले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नेछन् । उनले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि बुधबार बिहान संसद् भवनमा बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ ।

बुधबार अपराह्न साढे ३ बजे अध्यक्ष लि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जाने छन् । सोही दिन उनी दक्षिण कोरियातर्फ लाग्ने भएका छन् ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ४ : ३३ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता