९ असार २०८३, मंगलबार | June 23, 2026

त्रिशूली जलविद्युतको सेयरबापतको बाँकी रकम ४ असोजबाट संकलन गरिने



काठमाडौं । रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी जलविद्युत आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निश्कासन गरेको सेयर बापतको बाँकी रकम आगामी ४ असोजबाट संकलन गर्ने भएको छ ।

रकम बुझाउने अन्तिम मिति आगामी १७ कार्तिक तोकिएको छ ।

जनताको जलविद्युत कार्यक्रमअन्तर्गत कम्पनीले चैत ०७५ मा सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता ९कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत० सेयर निश्कासन गरी प्रति सेयर एक सय रुपैयाँ अङकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीको सेयर बाँडफाँडमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्म एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी ९० रुपैयाँ बुझाउनु पर्ने छ ।

साबिकका सर्वसाधारण सेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९० रुपैयाँको दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ संकलन गरिने कम्पनीका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले बताए ।

रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, ०७५ मा वार्षिक आठ प्रतिशत व्याज दिनु पर्ने प्रावधान बमोजिम शेयरधनीले प्रति कित्ता तीन रुपैयाँ ब्याज प्राप्त गर्ने हुँदा हाल प्रति कित्ता ८७ रुपैयाँ मात्र जम्मा गरे हुने छ ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ४ : ४५ बजे

सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक

काठमाडौं । आकर्षक सेवा सुविधा पाउने मोहमा प्रायः नेपाली चिकित्सकले

नगरकोटमा झैझगडाका क्रममा चक्कु प्रहार, एक युवकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका-१ स्थित नगरकोटमा सामान्य विवादका क्रममा भएको

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले

कतारको ग्यास प्लान्ट विस्फोटमा नेपालीसहित ६६ बढी घाइते, १३ जनाको मृत्यु

काठमाडौं । कतारको रस लाफान औद्योगिक क्षेत्रस्थित ग्यास उत्पादन केन्द्रमा

सेनेगललाई हराउँदै नर्वेले गर्‍यो नकआउट चरण यात्रा तय

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा