१० पुस २०८२, बिहिबार | December 25, 2025

दलीय अडान टसको मस नहुँदा गठबन्धनलाई सिट बाँडफाँट टुङ्ग्याउनै सकस



काठमाडौं । सत्तरुढ गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट अझै टुंग्याउन सकेको छैन ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार ५ घण्टा बसेको गठबन्धनआवद्ध दलका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँट टुंग्याउन नसकेको हो ।

आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठबन्धन दलबीच सिट बाँडफाँटसहित तालमेल गर्ने तयारी छ । तर, सिट बाँडफाँटका लागि बसेका बैठक निष्कर्षविहीन बनिरहेको छ ।

सोमबार पनि ५ घण्टा बसेको बैठकले सिट बाँडफाँटमा सहमति जुटाउन नसकेको गठबन्धन कार्यदल सदस्य तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार एउटै सिटमा दोहोरो÷तेहेरो दाबी परेपछि सोमबारको बैठकले पनि सहमति जुटाउन सकेन । तर, गठबन्धन सहमतिको नजिकमा पुगेको उनको दाबी छ । असहमतिलाई समाधान गर्न दुईपक्षीय र त्रिपक्षीय वार्ता भइरहेको कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ५ : ४५ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना