११ भदौ २०८३, बिहिबार | August 27, 2026

एमाले अध्यक्ष ओली र सीपीसी नेता लीबीच भेटवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चाङ्सुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो । चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी कमिटीका सदस्य समेत रहेका लीले अध्यक्ष ओलीसँग झण्डै ४५ मिनेट छलफल गरेका छन् । ओलीका साथ एमाले नेताहरु पनि सहभागी भएका थिए ।

चार दिने भ्रमणको क्रममा हिजो नेपाल आएका अध्यक्ष लीले यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन् । लीले आजै परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेट गर्दैछन् ।

यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि ली ले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

ली बिहीबार बिहान स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  ११ : ०८ बजे

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ

तिब्बत-नेपाल बाढी पछि २८८ भारतीय सम्पर्कविहीन : भारतीय विदेश मन्त्रालय

नयाँदिल्ली । तिब्बत हुदैँ नेपाल पसेको प्रलयकारी बाढीमा परी २८८

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै

काठमाडौं । रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका

भोटेकोशी बाढी : हालसम्म २ सय ८९ जनाको मृत्यु, ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बिहीबार दिउँसो १४:३०