२० मंसिर २०८२, शनिबार | December 6, 2025

एमाले अध्यक्ष ओली र सीपीसी नेता लीबीच भेटवार्ता



काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चाङ्सुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनमा दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो । चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी कमिटीका सदस्य समेत रहेका लीले अध्यक्ष ओलीसँग झण्डै ४५ मिनेट छलफल गरेका छन् । ओलीका साथ एमाले नेताहरु पनि सहभागी भएका थिए ।

चार दिने भ्रमणको क्रममा हिजो नेपाल आएका अध्यक्ष लीले यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन् । लीले आजै परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेट गर्दैछन् ।

यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि ली ले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

ली बिहीबार बिहान स्वदेश फर्किनेछन् ।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  ११ : ०८ बजे

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति