९ पुस २०८२, बुधबार | December 25, 2025

राष्ट्रपति भण्डारीले गरिन ५ वटा विधेयक प्रमाणीकरण, नागरिकता विधेयक अझै ‘आउट’



काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

आफूसमक्ष प्रमाणीकरणका लागि आएका पाँच विधेयकलाई प्रमाणीकरण गरेकी उनले नागरिकता विधेयकलाई भने प्रमाणीकरण गरेकी छैनन् ।

संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आएका पाँच विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

उनका अनुुसार मंगलबार प्रमाणीकरण गरिएका विधेयकहरुमा तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।

तर, दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयकलाई भने राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेकी छैनन् ।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  ५ : ४४ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना