५ पुस २०८२, शनिबार | December 20, 2025

नमस्ते पे ले सुरु गर्यो फेस्टिवल क्याम्पेन



काठमाडौ । नमस्ते पे ले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै फेस्टिवल क्याम्पेन(Festive Campaign ) ल्याएको छ । नमस्ते पे प्रयोगकर्ताहरुले ४९ दिन सम्म विभिन्न सेवाहरु सहित विभिन्न अफर पाउने भएका छन् ।

यस अभियानमा बम्पर अफरको रूपमा, सात भाग्यशाली विजेताहरूले 100% Cashback प्राप्त गर्नेछन्। प्रयोगकर्ताहरूले जति धेरै transactions गर्नेछन्, त्यति नै धेरै भाग्यशाली विजेता बन्ने र १००% क्यासब्याक पाउने मौका हुनेछ। अभियान अवधिको बीचमा कुनै पनि सेवाहरू (wallet to wallet transfer र load fund बाहेक) को कारोबार गर्ने प्रयोगकर्ताहरू बम्पर योजनामा सहभागी हुन योग्य हुनेछन्।

त्यसैगरी, नमस्ते पे मार्फत Utility बिलहरू भुक्तानी गर्दा प्रत्येक हप्ता एक भाग्यशाली विजेताको वर्षभरिको बिल नमस्ते पे ले तिरिदिने अफर रहेको छ ।

हवाई टिकट खरिद गर्दा हरेक हप्ता एक जना भाग्यशाली विजेताले रु १००० Cashback पाउनेछन् र अभियानको अन्त्यमा दुई जना भाग्यशाली विजेताले पोखराको राउण्ड हवाई टिकट निशुल्क पाउनेछन् ।दशैं दक्षिणाको रूपमा, आफ्नो परिवार र आफन्तहरूलाई वालेट टु वालेट ट्रान्सफर गर्ने २० जना भाग्यशाली प्रयोगकर्ताहरूले 100% क्यासब्याक पाउनेछन्।

त्यस्तै, अभियान अवधिभर सबै प्रयोगकर्ताले मोबाइल टपअपमा १०५ ऋबकजदबअप वा अधिकतम १० रुपैयासम्म पाउनेछन्। प्रयोगकर्ताहरूलाई प्रोमोकोड उपलब्ध गराइनेछ जुन तीन पटक रिडिम गर्न सकिन्छ।

साथै, नमस्ते पेले भ्वाइस र डेटा प्याकहरू, बिलहरूको भुक्तानी,Merchant  भुक्तानीहरू, हवाई टिकटहरू आदि सहित विभिन्न सेवाहरूमा विभिन्न Flash Offer प्रदान गर्नेछ।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, कृष्ण प्रसाद भण्डारीले सेवा पोर्टफोलियोलाई सुदृढ गर्दै, नमस्ते पे लाई बलियो र भरपर्दो डिजिटल भुक्तानी सेवा प्रदायक बनाउन कम्पनीले आफ्ना साझेदार र सरोकारवालाहरूसँग निरन्तर रुपमा काम गरिरहेको बताए ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो ।आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ ।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  ५ : ५२ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता