नेपालगन्ज । बाँकेको नेपालगन्जमा रहेको सहकारी वित्तिय विकास संस्था लिमिटेडबाट ५८ करोड हिनामिना काण्डका मुख्य अभियुक्त हरदेवबक्स चौधरीलाई बचतकर्ताहरुले अदालत परिषरमै पुगेर घेराउ गरेका छन् ।
बाँके जिल्ला अदालतमा तारिख बुझ्न आएका चौधरीलाई अदालतको गेटमै पुगेर पीडित बचतकर्ताले घेराउ गरेका हुन् । बचतकर्ताहरुको ५८ लाख हिनामिना गर्ने कार्यमा नेतृत्व गरेका चौधरीलाई ‘पैसा कहिले पाउँछौं’ भनेर बचतकर्ताहरुले प्रश्न गरेका थिए ।
२१ लाख धरौटीमा छुटेका अध्यक्ष चौधरीले कानूनी प्रक्रियामा गएकाले अदालतबाट हुने फैसला अनुसार नै रकम पाउने बचतकर्ताहरुलाई जवाफ फर्काएका थिए । बाँकेकै जेठो मध्यको सो सहकारीमा ५८ करोड हिनामिना भएपछि बचतकर्ताहरुको उजुरीको आधारमा संस्थाका अध्यक्ष चौधरी सहित ४१ जनाविरुद्ध मुद्दा परेको थियो । ४१ जना मध्य ६ जना जेलमा छन् भने अरु धरौटीमा जुटेका छन् ।
चौधरी अदालतमा आउँदैछन् भन्ने थाहा पाएपछि बचतकर्ताहरु आएर घेराउ ग।ेको सहकारी पीडित संघर्ष समितिका उपसंयोजक आशुतोष शुक्लाले बताए । अधिकांस गरिव किसान र मधेसीमुलका स्थानीयले बचत गरेको रकमबाट ५८ करोड बढी रहकम हिनामिना भएपछि आफ्नो पैसा फिर्ताका लागि बचतकर्ताहरु तीन वर्षदेखि सडकमा छन् ।
प्रतिक्रिया