३ असार २०८३, बुधबार | June 17, 2026

नेपाल–भारत सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्र मार्फत खोजिने



काठमाडौ । नेपाल र भारतका परराष्ट्र सचिवले दुई देशबीच रहेका सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्र मार्फत खोजिनुपर्नेमा सहमति जनाएका छन् ।

मंगलबार भारतको राजधानी नयाँदिल्लीस्थित हैदरवाद हाउसमा सम्पन्न नेपाल–भारत विदेशमन्त्री स्तरीय बैठकमा उक्त सहमति भएको हो ।

बैठकमा परराष्ट्र सचिव भरत राज पौड्याल र भारतीय विदेश सविच विनय मोहन क्वात्रा सहभागी थिए ।

‘उनीहरुबीच सीमा विवादका विषयमा पनि छलफल भएको थियो । यस सम्बन्धमा उनीहरूले स्थापित द्विपक्षीय संयन्त्रमार्फत सीमानाका बाँकी कामहरू पूरा गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैठकमा उनीहरुबीच व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, विद्युत् क्षेत्र, सिँचाइ तथा डुबान, कृषि, लगानी, विकास सहयोग, स्वास्थ्य क्षेत्रमा सहकार्य, संस्कृति र जनताबीचको सम्बन्धलगायतका विविध क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको थियो ।

दुवै देशका परराष्ट्र सचिवले विद्युत क्षेत्र, प्रसारण लाइन निर्माण, रेलवे कनेक्टिभिटी, आईसीपी निर्माण, पुल र अन्य महत्वपूर्ण पूर्वाधार लगायतका विभिन्न क्षेत्रमा भएको प्रगतिमा सन्तोष व्यक्त गरेका थिए ।

बैठकमा मल आपूर्ति, गहुँ, चिनी, धान र चामल निकासीमा लगाइएको प्रतिबन्ध हटाउने विषयमा पनि छलफल भएको थियो ।

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ११ : २७ बजे

पाल्पामा जनै बाट्न सिक्दै नयाँ पुस्ता

पाल्पा । पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा

चार दिनको गिरावटपछि नेप्से स्थिर, कारोबार रकम घट्यो

काठमाडौं । लगातार चार कारोबार दिन ओरालो लागेको सेयर बजार

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व

श्रम संस्कृति पार्टीका सांसदले रोष्टम घेरेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ