१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

गृहमन्त्री थापाको विश्लेषण : छिमेकीको अतिक्रमणकारी नीतिका कारण सीमा समस्या



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखिएको बताएका छने ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा गृहमन्त्री थापाले छिमेकीको अतिक्रमणकारी नीति र चिन्तनका कारण नेपालको भूमि मिचिएको बताएका हुन् ।

सीमामा रहेका पिलरहरु उखेलेर फालिदिने, नेपाल भित्र गाडिदिने प्रवृत्ति छिमेकीहरुको रहेको थापाले बताए । यो प्रवृति नहटदा सम्म सीमा समस्या रहिरहने उनको विश्लेषण छ ।

गृहमन्त्री थापाले भने, ‘हाम्रा छिमेकीको अतिक्रमणकारी नीति र चिन्तन पनि यसको कारणहरु छन् । पिल्लरहरु उखेलेर फाल्दिने अथवा नेपाल भित्र ल्याएर गाडने यस्ता अतिक्रमणकारी नीति पनि सीमा समस्याको पछाडि एउटा कारण देखिन्छ ।’

सीमा विवाद समस्या कुटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने गृहमन्त्री थापाले बताए । यस्तै नेपालको भूभाग र सीमा रक्षा गर्ने जिम्मा गृह मन्त्रालयको भएकाले विशेष ध्यान दिने समेत उनले बताए ।

सीमा सुरक्षाका लागि गृह मन्त्रालयले सीमा सुरक्षा सम्बन्धी विशेष योजना बनाएको र त्यसलाई कार्यान्वयन गर्ने चरणमा रहेको थापाले जनाए । उनले सीमा समस्या समाधानका लागि जनस्तरबाट समेत सहयोग हुनुपर्ने धारणा राखे ।

सीमा नक्सा निर्धारण गर्ने सिद्धान्तमा नदीलाई आधार मान्ने प्रचलनका कारण पनि सीमामा धेरै समस्या आएको गृहमन्त्री थापाको भनाई छ ।

नदीले धार परिवर्तन गर्दा सीमा समेत परिवर्तन हुने गरेको बताउँदै थापाले त्यसआधारमा स्ट्रीप नक्सा बनाउँदा नेपालको भूभाग भारतमा र भारतको भूभाग नेपालमा परेको जिकिर गरे । सीमा समस्या समाधानका लागि कुटनीतिक पहल अवश्यक रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार  ५ : १६ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर