२२ माघ २०८२, बिहिबार | February 5, 2026

डेंगी संक्रमणबारे रोचक तथ्य



एजेन्सी । डेंगी संक्रमित एडिस प्रजातिको लामखुट्टेको टोकाईबाट मात्रै डेंगी संक्रमण फैलने अध्ययनहरूले देखाइरहेका छन् । करिब सात वर्षअघिसम्म निकै गम्भीर मानिएको यो संक्रमण अहिले विश्वका एक सयभन्दा बढी देशमा देखिइसकेको छ ।

डेंगी संक्रमित चारमध्ये एक व्यक्तिलाई निकै नै गाह्रो बनाउने गरेको छ । यसमध्ये सबैमा देखिने एउटा लक्षण भनेको ज्वरो आउने हो । यसबाहेक वान्ता हुने, चिलाउने, विशेषगरी आँखा, मांसपेसी र जोर्नीमा अत्यधिक दुखाइ हुने हुन्छ ।

डेंगु संक्रमित अधिकांश मानिस एक सातामा ठिक भएका छन् । तर, हरेक २० संक्रमितमध्ये एक जनामा भने यसले गम्भीर रुप लिएको छ । यस्ता व्यक्तिमा आन्तरिक रक्तपात, बेहोस र मृत्यु समेत हुने गरेको छ । यसकारण डेंगीबाट बच्ने सबैभन्दा उपयुक्त विधि भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो ।

डेंगीसम्बन्धी अनौठा तथ्यहरू
– डेंगी भाइरस इजिप्टाइ र एइ अल्बोपिक्टस भाइरसको टोकाइबाट मात्रै सर्छ ।
– एउटा व्यक्ति आफ्नो जीवनकालमा चार पटकसम्म मात्रै डेंगीबाट संक्रमित हुन्छ ।
– डेंगी संक्रमणको जोखिमयुक्त ठाउँहरूमा अन्य रोग लाग्ने प्रमुख कारण पनि डेंगी नै हो ।
– हालसम्म जोखिमयुक्त ठाउँका ९ देखि १६ वर्षका बालबालिकालाई मात्रै डेंगी संक्रमणविरुद्धको भ्याक्सिन लगाउन अनुमति दिइएको छ । यस्ता जोखिमयुक्त केही ठाउँ अमेरिका भित्रैका छन् । यो भ्याक्निस अमेरिकी घुम्न आउनेहरूका लागि दिइएको छैन ।
– हरेक वर्ष विश्वका ४० करोड मानिस डेंगी संक्रमणबाट प्रभावित हुने गरेका छन् । डेंगी जोखिमयुक्त ठाउँ भ्रमण गरेर फर्किने र बस्ने हरेक जसोलाई यो संक्रमण हुने गरेको तथ्यांक छ ।

बच्ने उपाए
–लामखुट्टेको टोकाइबाट जोखिनु नै डेंगीबाट बच्ने सबैभन्दा भरपर्दो र उपयुक्त उपाय हो । यसबाहेक लामखुट्टेको टोकाइबाट जोगिने केही मलम समेत उपलब्ध छन् ।
– शरीर ढाक्नेगरी कपडा लगाउने ।
– घरमा रहदा र घरबाहिर घुम्दा पनि बालबालिकालाई लामखुट्टेबाट जोगाउने । जसका लागि झ्याल ढोकामा आवश्यक मात्रामा जाली र झुलको प्रयोग गर्ने ।
– हप्ताको एक पटक घर र आसपासको सरसफाइ गर्ने । खल्डोमा जमेको पानी हटाउने, टायर, भाडावर्तन, पौडी पोखरी, जस्ता पानी जम्ने सामान हटाउने ।
– यदि तपाई वा तपाइँको परिवारमा कसैलाई डेंगी भएको छ भने सकेसम्म पहिलो एक साता लामखुट्टेको टोकाइबाट बच्नुहोस् । किनकी तपाइँलाई टोकेको लामखुट्टेले पुनः अर्को व्यक्तिलाई टोकेमा संक्रमण सर्न सक्छ ।

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ३ : २८ बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका