९ चैत्र २०८२, सोमबार | March 23, 2026

छाडा चौपाया व्यवस्थापनको लागि भैरहवामा ट्यागीङ



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा छाडा चौपायाको व्यवस्थापन योजना अन्तर्गत नियन्त्रणको कार्य अघि बढाइएको छ । छाडाचौपायाका कारण नगरमा समस्या बढ्दै गएपछि व्यवस्थापन योजना अन्तर्गत नियन्त्रणको कार्य अघि बढाइएको हो ।

नगरमा छाडाचौपायाको रूपमा विशेष गरी गाई(गोरु र कुकुर छन् । बुधवार वडा नम्बर ६ स्थित शिवदास हलुवाईको फर्ममा ५ वटा गाई(गोरुको कानमा ट्याग लगाएर योजनाको सुरुवात गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इश्तियाक अहमद खानले नगरमा छाडाचौपायाको व्यवस्थापन योजना अन्तर्गत नगरमा कृषक र पालन गरिएका गाई(गोरुको तथ्यांक संकलन गरी छाडा छाडिने गाई(गोरुको नियन्त्रणका लागि उनीहरूको कानमा ट्याग लगाइएको बताए । ‘अहिले हामीले कृषकले पालन गरेका गाई-गोरु छाडा नछाडुन् भन्ने उद्देश्यले पहिचानका लागि गाई(गोरुको कानमा ट्याग लगाउन सुरु गरेका छौँ,’ नगर प्रमुख खानले भने । यसले छाडा छाडिने चौपाया (गाईगोरु) को संख्यामा नियन्त्रण हुने उनको विश्वास छ ।

कृषकले पालन गरेका गाई(गोरुको पहिचानका लागि नम्बरको आधारमा उनीहरूको कानको ट्याग लगाइएको नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताइन् । ‘कानमा ट्याग लगाइएकोले कृषकहरूले अब गाईगोरु छाडा छाड्दैनन् भन्ने विश्वास छु’ उनले भनिन्, ‘ट्याग लगाइएको पशु कसैले छाडेको पाइएमा सजिलै पहिचान हुने र पहिलो पटकको लागि दस हजार जरिवाना कारबाही गरिनेछ ।’ नगरमा छाडाचौपायाका कारण सवारी दुर्घटना हुनुका साथै अनेक समस्या छन् ।

सिद्धार्थनगरमा खुल्ला सीमाका कारण भारत र छिमेकी पालिकाहरूबाट पनि छाडा चौपाया आउने गरेका छन् । नगर क्षेत्रका सडकमा रहेका छाडा चौपाया [गाईगोरु] को व्यवस्थापनका लागि कान्जी हाउस निर्माणको योजना रहेको र छिट्टै निर्माण सम्पन्न हुने गरी कार्य अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत पौड्यालले बताए । जसका लागि वडा नम्बर ११ मा स्थलगत निरीक्षण गरी स्थलको पहिचान गरिएको छ ।

यस्तै छाडाचौपायाको व्यवस्थापन अन्तर्गत नगरका सडक क्षेत्रमा रहेका भुस्याहा कुकुरको पनि व्यवस्थापन गर्ने योजना रहेको र सञ्चालित यस योजना पश्चात् भुस्याहा कुकुरको व्यवस्थापन तर्फ लागिने उनको भनाई छ ।

छाडा चौपायाको व्यवस्थापनका लागि सिद्धार्थनगरको एकल प्रयासले मात्र नभई छिमेकी पालिकाहरूले पनि योजना सञ्चालन गर्नुपर्ने र यसले समग्र क्षेत्रलाई नै फाइदा पुग्ने सरोकारवालाहरूको भनाई छ ।

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ८ : ३४ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा