३० असार २०८३, मंगलबार | July 14, 2026

देवचुलीमा छाडा चौपायाको व्यवस्थापन



त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले छाडा चौपायाको व्यवस्थापन थालेको छ । छाडा चौपायाले बाली नष्ट गरेका कारण किसान हैरान बनेपछि नगरपालिकाले व्यवस्थापन कार्य अघि बढाएको हो ।

देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले छाडा चौपायाले बाली नष्ट गर्ने क्रम बढ्दै गएपछि व्यवस्थापनको पहल गरिएको बताए । देवचुली–१० लोकाहा नदी किनारमा छाडा चौपायाको व्यवस्थापन गर्न लागिएको छ । सो क्षेत्रमा तारबार गरी छाडा चौपायालाई राखिएको छ । नगरका विभिन्न क्षेत्रमा रहेका छाडा चौपाया नगर तथा स्थानीयको पहलमा जम्मा गरी लोकाहामा राख्न थालिएको न्यौपानेले बताए ।

नगरका विभिन्न क्षेत्रबाट करिब एक सय गाई एकत्रित गरिएको देवचुली–१० का वडाध्यक्ष रेप्तीकुमार घर्तीले बताए । केही गाई नगरपालिकालाई राजस्व तिरेर चितवनस्थित एक फार्मले लगेको छ । अहिले करिब ४० गाई व्यवस्थापन केन्द्रमा छन् । नगरपालिकाले गाईको आहाराका लागि पराल खरिद गर्ने गरको छ ।

छाडा चौपाया रेखदेख गर्न हेरालुको व्यवस्था गरिएको वडाध्यक्ष घर्तीले बताए । आहाराको व्यवस्थापन गर्न समस्या भएको उनको भनाइ छ । नगरभित्रका गाईबाहेक अन्य ल्याउन नपाइने रेखदेखमा खटिएका नारायण श्रेष्ठले बताए । स्थानीयले गाई यहाँ ल्याएर राख्न खोज्दा व्यवस्थापन गर्न गाह्रो भएको छ । “गाई राख्छ भनेर थाहा पाएपछि कतिपयले घरमा पालेको समेत ल्याएर छाड्ने गरेका छन्”, उनले भने ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ७ : १७ बजे

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट