२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य



लुम्बिनी । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका क्षेत्रमा छाडा चौपायाको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न लुम्बिनी विकास कोष र लुम्बिनी साँस्कृतिक नगरपालिकाले संयुक्त पहल गर्ने भएका छन् । केहि दिनयता छाडा चौपायाका सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा समाचारहरु प्रकाशन भएपछि कोष र नगरपालिकाका प्रतिनिधिविच बैठक बसि अस्थायी र दीर्घकालिन समाधानको खोजी गर्ने निर्णय भएको हो ।

छाडा चौपायालाई हाल हाल अस्थायी रुपमा राखिएको गौशालालाई व्यवस्थित बनाउने निर्णय भएको छ । अस्थायी रुपमा छाडा चौपाया राखिएको ठाउँमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका तर्फबाट नियमित रुपमा ६ जना कर्मचारी खटाएर घाँसको व्यवस्थपन गर्ने र लुम्बिनी विकास कोषले पानी र परालको व्यवस्थापन गर्ने निर्णय भएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमान, उपप्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल, बरिष्ठ निर्देशक ज्ञानिन राई सहिको बैठकले अस्थायी रुपमा छाडा चौपायाको व्यवस्थापन गर्दा उठेका जनगुनासोलाई तत्तकाल सम्बोधन गर्ने र दीर्घकालीन समाधान खोज्ने निर्णय समेत भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरउपप्रमुख कल्पना हरिजनको संयोजकत्वमा कपिलबस्तु र रुपन्देहीको देवदहमा सञ्चालित गौशालामा छाडा चौपायाको व्यवस्थापनका लागि सहजीकरणको जिम्मेवारी तोक्ने निर्णय भएको छ ।

विभिन्न सञ्चारमाध्यममा छाडा चौपाया व्यवस्थापन नभएको भन्दै समाचारहरु आएको प्रती ध्यानआर्कषण जनाउँदै हाल अस्थायी रुपमा व्यवस्थापन गरिएको र त्यसलाई थप व्यवस्थित बनाउने निर्णय गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । उनले छाडा चौपायाको स्वास्थ्य परीक्षणका लागि एनिमल नेपाललाई आग्रह गर्ने निर्णय समेत भएको बताए । लुम्बिनीमा छाडा चौपायाका कारण किसानहरुको बाली नाली समेत नष्ट गर्ने गरेकाले लुम्बिनी साँस्कृतिक नगरपालिकाको आग्रहमा लुम्बिनी विकास कोष क्षेत्रभित्र अस्थायी रुपमा छाडा चौपायाको व्यवस्थापन गरिदै आएको हो । एक महिनायता लुम्बिनीमा अस्थायी रुपमा छाडा चौपायालाई व्यवस्थापन गर्दा किसानहरुलाई राहात मिलेको छ भने अन्तर्राष्ट्रिय पर्यटकीय स्थलमा छाडा चौपायाकै कारण उत्पन्न समस्याबाट मुक्ति मिलेको छ ।

कोष र लुम्बिनी साँस्कृतिक नगरपालिकाले संयुक्त रुपमा लुम्बिनीमा देखिएको छाडा चौपायालाई दीर्घकालिन रुपमा समाधान गर्ने गरी काम गर्ने समझदारी समेत बनेको छ ।

विश्वभरका पर्यटकहरु आउने भएकाले लुम्बिनीमा हाल अस्थायी रुपमा छाडा चौपायाको व्यवस्थापन गरिएको र यसको दीर्घकालिन व्यवस्थापनका लागि अन्य संघसंस्थाहरुलाई समेत बैठकले अपिल गरेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  ९ : १७ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको