१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

छाडा चौपाया व्यवस्थापनको लागि भैरहवामा ट्यागीङ



भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा छाडा चौपायाको व्यवस्थापन योजना अन्तर्गत नियन्त्रणको कार्य अघि बढाइएको छ । छाडाचौपायाका कारण नगरमा समस्या बढ्दै गएपछि व्यवस्थापन योजना अन्तर्गत नियन्त्रणको कार्य अघि बढाइएको हो ।

नगरमा छाडाचौपायाको रूपमा विशेष गरी गाई(गोरु र कुकुर छन् । बुधवार वडा नम्बर ६ स्थित शिवदास हलुवाईको फर्ममा ५ वटा गाई(गोरुको कानमा ट्याग लगाएर योजनाको सुरुवात गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।

सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इश्तियाक अहमद खानले नगरमा छाडाचौपायाको व्यवस्थापन योजना अन्तर्गत नगरमा कृषक र पालन गरिएका गाई(गोरुको तथ्यांक संकलन गरी छाडा छाडिने गाई(गोरुको नियन्त्रणका लागि उनीहरूको कानमा ट्याग लगाइएको बताए । ‘अहिले हामीले कृषकले पालन गरेका गाई-गोरु छाडा नछाडुन् भन्ने उद्देश्यले पहिचानका लागि गाई(गोरुको कानमा ट्याग लगाउन सुरु गरेका छौँ,’ नगर प्रमुख खानले भने । यसले छाडा छाडिने चौपाया (गाईगोरु) को संख्यामा नियन्त्रण हुने उनको विश्वास छ ।

कृषकले पालन गरेका गाई(गोरुको पहिचानका लागि नम्बरको आधारमा उनीहरूको कानको ट्याग लगाइएको नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताइन् । ‘कानमा ट्याग लगाइएकोले कृषकहरूले अब गाईगोरु छाडा छाड्दैनन् भन्ने विश्वास छु’ उनले भनिन्, ‘ट्याग लगाइएको पशु कसैले छाडेको पाइएमा सजिलै पहिचान हुने र पहिलो पटकको लागि दस हजार जरिवाना कारबाही गरिनेछ ।’ नगरमा छाडाचौपायाका कारण सवारी दुर्घटना हुनुका साथै अनेक समस्या छन् ।

सिद्धार्थनगरमा खुल्ला सीमाका कारण भारत र छिमेकी पालिकाहरूबाट पनि छाडा चौपाया आउने गरेका छन् । नगर क्षेत्रका सडकमा रहेका छाडा चौपाया [गाईगोरु] को व्यवस्थापनका लागि कान्जी हाउस निर्माणको योजना रहेको र छिट्टै निर्माण सम्पन्न हुने गरी कार्य अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत पौड्यालले बताए । जसका लागि वडा नम्बर ११ मा स्थलगत निरीक्षण गरी स्थलको पहिचान गरिएको छ ।

यस्तै छाडाचौपायाको व्यवस्थापन अन्तर्गत नगरका सडक क्षेत्रमा रहेका भुस्याहा कुकुरको पनि व्यवस्थापन गर्ने योजना रहेको र सञ्चालित यस योजना पश्चात् भुस्याहा कुकुरको व्यवस्थापन तर्फ लागिने उनको भनाई छ ।

छाडा चौपायाको व्यवस्थापनका लागि सिद्धार्थनगरको एकल प्रयासले मात्र नभई छिमेकी पालिकाहरूले पनि योजना सञ्चालन गर्नुपर्ने र यसले समग्र क्षेत्रलाई नै फाइदा पुग्ने सरोकारवालाहरूको भनाई छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ८ : ३४ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर