१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

विष्णुप्रसाद पौडेलका ड्रिम प्रोजेक्ट : आधुनिक प्रविधिका पुल र सडक सञ्जाल



– तिनाउमा सिग्नेचर पुल र गोरुसिङ्गेसम्मको सडक चार लेनको हुँदै
– बुटवल–गोरुसिङ्गे–चन्द्रौटासम्म चार लेनमा सडक
– विश्व बैंकबाट ३५ अर्बको स्रोत सुनिश्चित

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर रुपन्देहीलाई विकासको रोलमोडल बनाउने लक्ष्य लिएका एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका ड्रिम प्रोजेक्टहरु साकार हुँदा वास्तबमै यसक्षेत्रको कायापलट हुने निश्चित छ ।

एकताक नेता पौडेलले बुटवल–बेलहिया सडक विस्तार गर्नुपर्छ भन्दा केही इन्जिनियरले जरुरी छैन भनेका थिए । तर, केही समयमै यहाँको सडक विस्तार भयो र थप आकर्षक बनाउने काम जारी छ । अहिले लुम्बिनीदेखि तराईका जुनसुकै स्थानमा जाने सडक होस् वा हुलाकी सडक होस् तथा पूर्व–पश्चिम राजमार्ग नै यी सबै विस्तार भइरहेका छन् । यसको योजनाको सुरुआत तिनै नेता पौडेलले गरेका थिए ।

पौडेलका ड्रिम प्रोजेक्ट लक्षित योजनाहरु साकार हुनेगरी हालै विश्व बैंकले स्रोत सुनिश्चित गरिसकेको छ । नेता पौडेलले भन्दै आएको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक चार लेनमा विस्तार हुने भएको छ भने बुटवलको तिनाउमा आकर्षक सिग्नेचर पुल बन्नेछ । यसका लागि विश्व बैंकसँग नेता पौडेलले निरन्तर परामर्श गर्दै आएका थिए ।

अबको केही दिनमै यो सडक खण्डको ठेक्का लाग्नेगरी काम अगाडि बढेको सडक विभागका डिजी अर्जुन थापाले जानकारी दिए । ‘स्रोतको सुनिश्चित भइसकेको र डीपीआरसमेत तयार भइसकेकाले अबको केही दिनमै बुटवल–गोरुसिङ्गे सडकलाई चार लेनमा बिस्तार गर्न ठेक्का आह्वान गरिने छ,’ डिजी थापाको भनाइ छ । गोरुसिङ्गे–चन्द्रौटा बीचको करिब १४ किलोमिटर सडकको डीपीआर बनिरहेकाले पहिलो चरणमा बुटवलदेखि गोरुसिङ्गेसम्मको सडकको ठेक्का प्रकाशित गरिने छ । उनले तिनाउको सिग्नेचर पुल र चन्द्रौटासम्मको सडकका लागि ३५ अर्ब रकमको स्रोत सुनिश्चित भइसकेको बताए ।

तिनाउमा बन्ने सिग्नेचर पुलबारे परामर्श जारी

विश्व बैंकको सहयोगमा बुटवलको तिनाउ नदीमा आकर्षक र आधुनिक सिग्नेचर पुल बन्दैछ । भारतीय कम्पनीले आर्किटेक र स्वीस दातृ निकायले स्ट्रक्चर डिजाइन गरिरहेको छ । यी दुवै कम्पनीका प्रतिनिधिले विभिन्न चरणमा बुटवलको वस्तुस्थितिको अवलोकन गरिरहेका छन् ।

पहिलो चरणको छलफल भएको करिब ९ महिनापछि विश्व बैंकको टोलीसहित परामर्शदाताहरुले पुलको सम्भावित क्षेत्रको फेरि अवलोकन गरेका छन् । पहिलो चरणको अवलोकनका क्रममा नेता पौडेल र त्यसबेलाका बुटवलका मेयर शिवराज सुवेदीलगायतका नेताहरु सँगसँगै थिए । पुलकै लागि विज्ञहरुको टोलीले यहाँका अहिलेका जनप्रतिनिधि, प्राविधिकहरुसँग पनि सुझाव संकलन गरेका छन् ।

नेपालको पुल महाशाखाले प्रस्ताव गरेका १० मध्ये पहिलो काम बुटवलमा चलिरहेको छ । एमाले नेता विष्णुप्रसाद पौडेल अर्थमन्त्री बन्दा राजमार्ग विस्तार, तराईका सदरमुकाम जोड्ने सडक विस्तार र तिनाउमा हरियाली क्षेत्र, फुटपाथसहित चार लेनको आकर्षक सिग्नेचर पुललगायतका ड्रिम प्रोजेक्टहरुको परिकल्पना गरेका थिए । पौडेलका ती प्रोजेक्टहरुमध्ये कतिपय साकार भइसकेका छन् । विज्ञ तथा दातृ निकायसँग संकल्प शेयर गर्दै सहकार्यको आह्वान गरेका थिए ।

पछि त्यसलाई केपी ओली नेतृत्वको सरकारले निष्कर्षमा पु¥याएको हो । त्यतिबेला पौडेल नै अर्थमन्त्री थिए । उक्त प्रस्तावलाई विश्व बैंकले स्वीकार गर्दै सिग्नेचर पुलका लागि तयार भएको हो । बुटवलको तिनाउमा ‘सिग्नेचर’ पुल निर्माणको सुरुआतको लागि विश्व बैंकले सहयोग गर्ने घोषणा केही वर्षअघि नै गरेको थियो । चार पुलका लागि विश्व बैंकले चार अर्ब लगानी गर्ने सुनिश्चितता गरिसकेको छ । ती चारमध्ये पनि पहिले बुटवलबाटै काम सुरु भएको छ ।

नेता पौडेलले सुरुदेखि नै तिनाउमा आकर्षक सिग्नेचर पुल बनाउने परिकल्पना गरेका थिए । नेता पौडेलकै पहलमा तिनाउ र दानव नदीमा डेढ दर्जन जति पुलको निर्माण सम्पन्न भइसकेको छ । तिनाउमा नयाँ, आकर्षक र आधुनिक प्रविधिको पुल बनाउनपर्छ भनेर सुरुदेखि नै लागेको र विश्व बैंकबाट आर्थिक स्रोतको ग्यारेन्टी भएपछि बुटवललाई नै पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाइएको पौडेलको भनाइ छ । विश्व बैंकको टोली र परामर्शदाताको टोलीले सुरुदेखि नै पूर्वअर्थमन्त्री पौडेलसँग समन्वय र छलफल गर्दै आएको थियो ।

डिजाइनबारे छलफल र परामर्श जारी

अहिले तयार भएको प्रारम्भिक चरणको आर्किटेक र स्ट्रक्चर डिजाइनका बारेमा सुझाव लिने र वस्तुस्थितिका बारेमा सरोकारवालाहरुसँग अर्को चरणको छलफल गरेको छ । आधुनिक पुलको आकर्षक डिजाइन पारेर त्यसलाई मूर्त रुप दिन नेपाली र विदेशी इन्जिनियरहरुले अहिले बुटवलका सरोकारवालासँग परामर्श तीव्र गरिरहेका छन् । चिनियाँ, भारतीय, स्विस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन भइरहेको छ । डिजाइनलाई अन्तिम रुप दिन पुलविज्ञहरु र विश्व बैंकका प्रतिनिधिले यहाँका जनप्रतिनिधि र सरोकारवालासँग परामर्श गरेका हुन् ।

भारतमा मुख्य कार्यालय रहेको अन्तर्राष्ट्रिय कम्पनी टोटल सिनर्जी कन्सल्टिङले आर्किटेक डिजाइनको प्रारम्भिक खाका तयार पारेर सोही आधारमा सुझाव संकलन गरेको छ । पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरिरहेको छ । यी दुवै कामको समन्वय नेपाल सरकार सडक विभागको पुल महाशाखाले गरिरहेको छ । उक्त महाशाखाका प्रमुख इन्जिनियर उमेशविन्दु श्रेष्ठले सिग्नेचर पुल बनाउन प्रस्ताव गरिएका चार ठाउँमध्ये बुटवलबाटै पहिलो काम सुरु भएको, कन्सेप्ट डिजाइन पनि अन्तिम चरणमा पुगेको र आवश्यक स्रोतको समेत सुनिश्चितता भइसकेको जानकारी दिए ।

ओली नेतृत्वको सरकारले ०७५ मा नयाँ किसिमका कलात्मक डिजाइनमा मनमोहक देखिने पुलहरु बनाउन विश्व बैंकलाई ऋण उपलब्ध गराउन प्रस्ताव गरेको थियो । विश्व बैंकले सिग्नेचर पुल निर्माणका लागि सहुलियत ब्याजदरको ऋण दिन सहमति जनाएको थियो । राजनीतिक अस्थिरता र कोभिड महामारीलगायतले प्रभावित भएको यो परियोजना भने ढिलोगरी अगाडि बढाइएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा रहेको तिनाउ नदीको हालको पुललाई विस्थापित गरेर जितगढी, त्यस आसपासमा रहेको सम्पदा संरक्षणका योजनालाई समेत प्रवद्र्धन गर्नेगरी पुलको डिजाइन गर्न यहाँका जनप्रतिनिधिले सुझाव दिएका छन् ।

पुल प्रविधिको आधुनिकीकरण र सुरुङमार्ग बुटवलमै

नेपालमा पुल प्रविधिको आधुनिकीकरणलाई पनि सहयोग पुग्ने गरी आकर्षक पुलहरु बनाउन गरिएको संकल्पलाई साकार पार्ने काममै केन्द्रित रहेको पूर्वअर्थमन्त्री पौडेलको भनाइ छ । नेता पौडेलकै नेतृत्वमा पुल प्रविधिको आधुनिकीकरण र सडकमा सुरुङ मार्गको सोंचलाई बुटवलमा साकार पार्ने कामले मूर्त रुप लिने भएको छ । तिनाउमा सिग्नेचर पुल बन्नेछ भने सिद्धबाबा सडकखण्डमा सुरुङ मार्ग बन्नेछ । सुरुङ मार्ग भने नेपाल आफैँले बनाउने गरी स्रोत सुनिश्चित भएको थियो ।

कहाँ–कहाँ प्रस्ताव भएको थियो सिग्नेचर पुल ?

सडक विभागका अनुसार तिनाउ नदी (बुटवल) नारायणी नदी (चितवन), विजयपुर खोला (कास्की), रतुवा खोला (दमक), गछियाखोला (मोरङ), तमोर नदी (धनकुटा सडक, धरान), बाग्मती नदी (शंखमूल, काठमाडौँ), रोहिणी नदी (भैरहवा), बकैया नदी (मकवानपुर) र बाग्मती नदी (सर्लाही–रौतहट) मा ‘सिग्नेचर पुल’ निर्माणका लागि विश्व बैंकसँग ऋण सम्झौता भएको थियो ।

 

तर पहिलो चरणमा बुटवलसहित चार ठाउँको मात्र आर्थिक स्रोत सुनिश्चित भएको छ । यी चारै ठाउँमा सिग्नेचर पुल बनाउन डिजाइन अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ । विभागको वैदेशिक महाशाखाले करिब ३० अर्ब रुपैयाँ लागत अनुमान गर्दै विभिन्न २० वटा स्थानमा यस्ता पुल निर्माणका लागि प्रस्ताव गरेको थियो । पुल महाशाखा प्रमुख श्रेष्ठका अनुसार अहिले पहिलोपटक बुटवलमा मात्रै डिजाइन सकेर सुझाव संकलनका चरण अगाडि बढेका छन् ।

नेपालसहित बंगलादेश–भुटान र भारत जोड्ने रोड कनेक्टिभ परियोजना

पूर्व–पश्चिम राजमार्गलाई विस्तार गर्दै सार्कस्तरीय सडक सञ्जालमा जोड्ने सोंचसहित रोड कनेक्टिभिटीको काम भइरहेको छ । नेपालसहित भारत, बंगलादेश र भुटानका बीचमा सडक सञ्जाल जोड्ने तयारी छ । यो काममा विश्व बैंकका यातायातविज्ञ कोसिने कोऊको नेतृत्वमा रहेको विज्ञहरुको टोलीले विशेष चासो दिएको बताइएको छ । अन्तर्राष्ट्रियस्तरको भारतीय कम्पनी न्यू सिनर्जी कन्सल्टिङका सञ्जय सक्सेनाले पुलको डिजाइनमा कन्सलटेन्टको काम गरिरहेका छन् । हालै बुटवलमा आएका सक्सेनाले डिजाइनलगायतका बारेमा सुझाव लिने काम भइरहेको र अहिल्यै सबै कुरा बताउन नमिल्ने प्रतिक्रिया दिए । उनले अहिल्यै सबै कुरा मिडियामा बोल्न आफूलाई अनुमति नभएको जानकारी दिए ।

राजमार्ग विस्तारअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटासम्मको एउटा चरण र त्यसदेखि पश्चिम महेन्द्रनगर गड्डाचौकीसम्मका तीन चरण गरी राजमार्ग विस्तार गरेर अन्तर्राष्ट्रिय स्तरको बनाउने संकल्प ओली नेतृत्वको सरकारले गरेको थियो । यसलाई चारदेशीय परियोजना बीबीआइएनले अगाडि बढाएको छ । पुल महाशाखाबाट यसको सर्भे भइरहेको महाशाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।

यो कामको संकल्प पनि अर्थमन्त्री बनेका बेलामा नेता पौडेलले नै गरेका थिए । खासगरी बुद्ध जन्मस्थल नेपाल र लुम्बिनीलाई केन्द्रमा राखेर बुद्धसँग सम्बन्धित नेपालका क्षेत्र र छिमेकी भारतका सामेत क्षेत्रलाई एउटै सडक सञ्जालमा जोड्ने गरी बौद्ध पथ नाममा सडक विस्तार गर्ने सोंचका साथ काम भइरहेको छ ।

तिनाउ नदीमा बन्ने सिग्नेचर पुललाई पनि सोही रोड कनेक्टिभिटीको एउटा माध्यमका रुपमा लिइएको छ । नेपाल स्ट्राटेजी रोड्स कनेक्टीभिटी एउड ट्रेड इम्प्रूभमेन्ट प्रोजेक्ट तथा नेपाल–भारत क्षेत्रीय व्यापार र यातायात प्रोजेक्टअन्तर्गत निर्माण गरिँदैछ ।

 

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ९ : ५६ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका