३ असार २०८३, बुधबार | June 17, 2026

चार सामाजिक उद्यमी महिला सहकारी पुरस्कृत



लुम्बिनी । अन्तर्राष्टिय गैरसरकारी संस्था हेफर इन्टरनेशनल नेपालले भैरहवाका चार सामाजिक उद्यमी महिला सहकारीलाई नगदसहित पुरस्कृत गरेकाे छ । हेफरले गठन गरेकाे सहकारीहरू मध्येबाट मुल्यांकन र प्रगतिकाे आधारमा चार सहकारीलाई नगदसहित पुरस्कृत गरिएकाे हाे ।

दुई सय ५५ वटा सहकारी मध्येबाट दाङ लमहीस्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडलाई तीन लाख नगद र सम्मानपत्रसहित राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार, सिन्धुलीको दुधौलीमा रहेकाे प्रयास सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड, कास्कीको माछापुच्छ्रेस्थित प्रतिभा सामाजिक उद्यमी महिला सहकारी, कपिलवस्तु बाणगंगामा अवस्थित बिहानी सामाजिक उद्यमी महिला सहकारी संस्थालाई एक लाख ५० हजार नगद र सम्मानपत्र सहित क्षेत्रिय स्वर्णिम प्रतिभा पुरस्कार दिएकाे हेफरका नेपालका प्रमुख शुभनारायण महताेले बताए ।

सामाजिक उद्यमकी महिला सञ्जाल सेवा नेपाल र हेफर इन्टरनेशनल नेपालले संयुक्त आयाेजना भएकाे महिला उद्यमी उत्सवमा पुरस्कृत सहकारीहरुलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, पूर्वमन्त्री गाेकर्ण विष्ट, चक्रपाणि खनाल, लुम्बिनी प्रदेश सासंद देवेन्द्रराज कंडेल, हेफर अन्तर्राष्ट्रियका प्र्मुख वितिय अधिकृत मार्सिया रस्मुसेन , बरिस्ठ उपाध्यक्ष महेन्द्रनाथ लाेहनी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

सामाजिक उद्यमी महिला सञ्जाल नेपाल दुई सय ५५ सहकारीमा आबद्ध भएका तीन लाख १४ हजार साना कृषकको प्रतिनिधित्व गर्ने संस्था हो ।

हेफर ईन्टरनेशनलन नेपालमा सञ्चालन भएको अवधिमा समूह सहकारीमा आवद्ध महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरण, क्षमता विकास गाई, बाखा, दुध, स्थानीय जातको कुखुरा, तरकारी, बंगुर लगायतका कृषि तथा पशुपालन क्षेत्रमा सहयोग र सहजिकरण गर्दै आएको छ ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ६ : ४८ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ