१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

चार सामाजिक उद्यमी महिला सहकारी पुरस्कृत



लुम्बिनी । अन्तर्राष्टिय गैरसरकारी संस्था हेफर इन्टरनेशनल नेपालले भैरहवाका चार सामाजिक उद्यमी महिला सहकारीलाई नगदसहित पुरस्कृत गरेकाे छ । हेफरले गठन गरेकाे सहकारीहरू मध्येबाट मुल्यांकन र प्रगतिकाे आधारमा चार सहकारीलाई नगदसहित पुरस्कृत गरिएकाे हाे ।

दुई सय ५५ वटा सहकारी मध्येबाट दाङ लमहीस्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडलाई तीन लाख नगद र सम्मानपत्रसहित राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार, सिन्धुलीको दुधौलीमा रहेकाे प्रयास सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड, कास्कीको माछापुच्छ्रेस्थित प्रतिभा सामाजिक उद्यमी महिला सहकारी, कपिलवस्तु बाणगंगामा अवस्थित बिहानी सामाजिक उद्यमी महिला सहकारी संस्थालाई एक लाख ५० हजार नगद र सम्मानपत्र सहित क्षेत्रिय स्वर्णिम प्रतिभा पुरस्कार दिएकाे हेफरका नेपालका प्रमुख शुभनारायण महताेले बताए ।

सामाजिक उद्यमकी महिला सञ्जाल सेवा नेपाल र हेफर इन्टरनेशनल नेपालले संयुक्त आयाेजना भएकाे महिला उद्यमी उत्सवमा पुरस्कृत सहकारीहरुलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, पूर्वमन्त्री गाेकर्ण विष्ट, चक्रपाणि खनाल, लुम्बिनी प्रदेश सासंद देवेन्द्रराज कंडेल, हेफर अन्तर्राष्ट्रियका प्र्मुख वितिय अधिकृत मार्सिया रस्मुसेन , बरिस्ठ उपाध्यक्ष महेन्द्रनाथ लाेहनी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

सामाजिक उद्यमी महिला सञ्जाल नेपाल दुई सय ५५ सहकारीमा आबद्ध भएका तीन लाख १४ हजार साना कृषकको प्रतिनिधित्व गर्ने संस्था हो ।

हेफर ईन्टरनेशनलन नेपालमा सञ्चालन भएको अवधिमा समूह सहकारीमा आवद्ध महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरण, क्षमता विकास गाई, बाखा, दुध, स्थानीय जातको कुखुरा, तरकारी, बंगुर लगायतका कृषि तथा पशुपालन क्षेत्रमा सहयोग र सहजिकरण गर्दै आएको छ ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ६ : ४८ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले