४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

सामूहिक बलात्कारका एक फरार अभियुक्त आठ वर्षपछि पक्राउ



काठमाडौं । मोरङमा सामूहिक बलात्कारका फरार अभियुक्तलाई प्रहरीले आठ वर्षपछि पक्राउ गरेको छ । मोरङ याङ्शीलाकी एक युवतीलाई सामूहिक बलात्कार आरोपपछि फरार रहेका केराबारी-८ का अशोक कुमार बस्नेत भनिने गिरिजाप्रसाद बस्नेतलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको छ ।

अदालतले उनलाई फैसला कार्यान्वयनका लागि भन्दै जिल्ला कारागार मोरङ पठाएको छ । २०७१ साल जेठ ९ गते एक १६ वर्षीय युवतीलाई बस्नेतसहित तीन जनाले सामूहिक बलात्कार गरेका थिए ।

उक्त घटनामा संलग्न अर्का व्यक्ति प्रकाश थापालाई भने प्रहरीले तत्कालै पक्राउ गरेको थियो । अदालतले दोषि ठहर गरेसँगै थापा जिल्ला कारागार मोरङमा कैद भुक्तान गरिरहेका छन् । घटनामा संलग्न अर्का एक जना फरार रहेको बेलबारी प्रहरीले जनाएको छ ।

केराबारीको एक विद्यालयमा अध्ययन गरेर फर्किने क्रममा थापा र बस्नेतसहितका तीन युवाले ती युवतीलाई मोटरसाइकलमा राखेर पिर्रे जंगलमा लगेर सामूहिक बलात्कार गरेका थिए ।

जिल्ला अदालत मोरङले उनीहरु तीनै जनाविरुद्धको मुद्दामा २०७८ भदौ ३ गते समान हिसाबले २५ हजार जरिमाना र १३ वर्ष कैद हुने ठहर गरेको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहिबार  ७ : २५ बजे

नेपाली कांग्रेस सत्ता बिना बस्नै सकेन : महासचिव पोखरेल

नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर