२२ मंसिर २०८२, सोमबार | December 9, 2025

बन्ने भयो नेपालगन्जमा ब्लड बैंकको नयाँ भवन



नेपालगन्ज। नेपालगन्जस्थित ब्लड बैंकको आफ्नै सुविधासम्पन्न भवन बन्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले आज एक कार्यक्रमकाबीच भवनको शिलान्यास गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले भवन निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ करोड रूपैयाँ विनियोजन गरिसकेको बताए ।

अस्पताल हाताभित्र रहेको हालको जीर्ण भवन भत्काएर नयाँ बनाउन लागिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विनियोजित बजेटमध्ये ५ लाख रूपैयाँ नक्सा र डीपीआरका लागि खर्च गरिने छभने २ करोड ९५ लाख रूपैयाँ भवन निर्माणमा खर्चिने भएको छ।

मन्त्रालयको निर्माण व्यवसाय प्रबर्द्धन शाखाका उपसचिव पशुपति पुरीका अनुसार निर्माण व्यवसाय विकास परिषद्को भदौ १३ गतेको निर्णयअनुसार नेपालगन्जमा ब्लड बैंकको नयाँ भवन बनाउन बजेट व्यवस्था गरिएको हो।

यसैबीच मन्त्री राईले आजै डुडुवागाउँपालिका वडा नं ३ रमपुर्वामा र वडा नं ४, ५ को सिमानामा पर्ने मोहनदास बाबा कुट्टीमा दुई छुट्टाछुट्टै पुलको शिलान्यास पनि गर्नुभएको छ। यो पुल बनेमा त्यस क्षेत्रका बासिन्दालाई डुडुवा खोला आरपार गर्न सहज हुनेछ।

 

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ७ : ३९ बजे

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व सङ्कलन प्रभावित

भैरहवा । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई

प्रहरी संगठनबाट बिदा भएपछि साहित्यको सेवामा पूर्व डीआईजी महेशविक्रम शाह

कैलाली । लामो समयसम्म प्रहरी संगठनको जिम्मेवारी सँगै साहित्य सृजनालाई

नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित घरबारी टोलमा रहेको एक ‘कस्मेटिक’

प्रधानमन्त्री कार्की र नागरिक बचाउ अभियानका टोलीबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका टोलीसँग भेटघाट