९ असार २०८३, मंगलबार | June 23, 2026

भूमि आयोगलाई लालपूर्जा नबाँड्न र जनप्रतिनिधिलाई विदेश भ्रमण नगर्न निर्वाचन आयोगको निर्देशन



काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आउन ६६ दिनमात्र बाँकी रहँदा पनि भूमि आयोगबाट लालपुर्जा बाँड्ने काम जारी राखेपछि निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्य स्थगन गर्न निर्देशन दिएको छ । आयोगले निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगलाई जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्य स्थगन गरी सोको जानकारी दुई दिनभित्र आयोगलाई दिन निर्देशन दिएको हो ।

निर्वाचन घोषणा भई आवश्यक तयारीका काम भइरहेको तथा असोज २ र ३ गते समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनका लागि बन्दसूची पेस गर्ने कार्यक्रमसहित अन्य कार्यक्रम सञ्चालन हुने गरी राजपत्रमा सूचना प्रकाशित भइसकेको भन्दै आयोगले यस्तो कार्यबाट निर्वाचनको निष्पक्षतामा असर पर्ने भन्दै त्यसैका लागि निर्देशन दिइएको आयोगले प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो समयमा विभिन्न पालिकाका भूमि आयोग अन्तर्गत भूमिहीन दलित, सुकुम्वासी, अव्यवस्थित बसोबासी लगायतका लागि जग्गा व्यवस्थापन तथा लालपुर्जा वितरण गर्ने उद्देश्यले फारम संकलन, जग्गा नापजाँच लगायतका काम तिब्रताका साथ हुँदै आएको छ ।

निर्वाचन आयोगले सम्बन्धित आयोजक तथा प्रायोजकबाट सम्पूर्ण खर्चहरू बेहोर्ने गरी स्वीकृत गरिने वैदेशिक भ्रमण बाहेक नेपाल सरकारलाई प्राप्त हुने अनुदान तथा सहयोग रकमबाट र नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कोषबाट कुनै पनि रकम खर्च हुने गरी गरिने वैदेशिक भ्रमण नगर्न नगराउन नेपाल सरकार, सातवटै प्रदेश सरकार र ७५३ वटै स्थानीय तहलाई निर्देशनसमेत दिएको छ । निर्देशन कार्यान्वयनको जानकारी दुई दिनभित्र दिन आयोगलाई दिन पनि निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।

[pdf-embedder url=”https://www.khabarkura.com/wp-content/uploads/2022/09/Press-Release-2079-05-30.pdf” title=”Press Release 2079-05-30″]

 

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ८ : ४६ बजे

तिलोत्तमामा नेवारी परिकार बनाउने प्रशिक्षण सम्पन्न

तिलोत्तमा । नेवाः देय् दबु तिलोत्तमाको आयोजनामा सञ्चालित १० दिने

तातो दिन नघटेपछि नेपालगन्जमा पुनः ३ दिन गर्मी विदा

नेपालगन्ज । अत्याधिक गर्मी र तातो लहरको प्रकोप बढेपछि नेपालगन्ज

चीनमा भारी वर्षाका कारण नौ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द

गुईझोउ (चीन) । दक्षिणपश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न भागहरूमा भएको

बुटवल उपमहानगरका इन्जिनियर सुमन श्रेष्ठ रास्वपाको महाधिवेशनमा

बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यरत इन्जिनियर सुमन श्रेष्ठको राष्ट्रिय स्वतन्त्र

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त

बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका