१० चैत्र २०८२, मंगलबार | March 24, 2026

एमडीएमएस प्रणालीबारे पूर्व सञ्चारमन्त्री बास्कोटा : निकै ढिलो शुरु भए पनि राम्रो हो



काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले आजबाट कार्यान्वयनमा ल्याएको एमडीएमएस प्रणाली राम्रो भएको बताएका छन् ।

सामाजिक सञ्जालमा सरकारले कार्यान्वयनमा ल्याएको एमडीएमएस प्रणालीको व्यापाक आलोचना भइरहेका बेला बास्कोटाले भने समर्थनमा अभिव्यक्ति दिएका हुन् ।

‘मोवाईलको कालो बजारी रोकिने र राजश्व चुहावट बन्द हुने मात्र होईन मोबाइल सेटहरुको सुरक्षा गर्ने एमडीएमएस प्रणाली निकै ढिलो शुरु भए पनि राम्रो हो,’ सामाजिक सञ्जाल ट्वीटरमा बास्कोटाले लेखेका छन् ।

उनले मौलिकहकका पक्षमा उभिने अभियन्ताप्रति पनि एमडीएमएस प्रणालीलाई लिएर व्यङ्ग्य गरेका छन् ।

बास्कोटाले भनेका छन्, ‘तर हाँसो के लाग्छ भने, दुई वर्षअघि मोबाईल दर्ता गर्नु भनेको मौलिक हक उल्लंघन हो भनेर माइतिघरमा जुलुस बोलाउनेहरुले मोबाईल दर्ता गरे कि नाइँ।’

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  ११ : ३५ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण