९ जेष्ठ २०८१, बुधबार | May 22, 2024

अवैध रुपमा भित्रिएका मोबाइल १५ पुसदेखि नचल्ने



काठमाडौं । १५ पुसदेखि अवैद्य रुपमा भित्रिएका मोबाइल नचल्ने भएका छन् । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) १५ पुसदेखि पूर्णरूपमा कार्यान्वयनमा ल्याउने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

आगामी शुक्रबारदेखि एमडीएमएस पूर्णरूपमा कार्यान्वयनमा आएपछि अवैधरुपमा भित्रिएका मोबाइल  नचल्ने प्राधिकरणले जानाएको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गर्न र चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले प्रभावकारी भूमिका खेल्ने छ ।

एमडीएमएस दर्ता नगरेको सेटहरू गत १ असोजदेखि कार्यान्वयनमा ल्याइएको थियो ।

विदेशबाट आउने नेपालीहरूले आफूले प्रयोग गर्न भनेर ल्याएका मोबाइल सेटहरू एमडीएमएसमा दर्ता नभएका, गत भदौभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरू प्राधिकरणले १५ डिजिटको आइएमइआइ नम्बरसहित भन्सार कागजातसहित दर्तामा आउन प्राधिकरणले आह्वान गरेको छ ।

यहि १५ पुसदेखि नियमानुसार भन्सारमा घोषणा नभएका मोबाइल सेट दर्ता नगरिने र त्यस्ता मोबाइल सेट चल्नबाट रोकिनेतर्फ पनि सचेत गराएको छ।

साथै, बजारबाट खरिद गर्दा कुनै पनि मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए वा नभएको यकिन गरेर मात्र खरिद गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

प्रधिकरणले मोबाइल आयातकर्ता र बिक्रेताले अनिवार्य रूपमा प्राधिकरणको पूर्वस्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न जनाएको छ ।

 

प्रकाशित मिति : १० पुस २०७९, आइतबार  १ : १६ बजे

कोलकोता आइपिएलको फाइनलमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को

क्यानडामा पर्यटन प्रवर्द्धन कार्यक्रम

काठमाडौं आर्थिक कूटनीति सञ्चालनको सिलसिलामा क्यानडाको एडमन्टन सहरमा पर्यटन प्रवर्द्धन

कूटनीतिक अधिकारीहरूसँग छलफल

काठमाडौं । कन्सुलर सेवा विभागले यहाँस्थित एसियाली विकास बैंक, संयुक्त

जोमसोम-कागबेनी सडक कालोपत्र गरिँदै

म्याग्दी । मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको

युरोकप खेल्ने पोर्चुगलको टिम घोषणा

काठमाडौं । पोर्चुगलले युरोकप २०२४ मा खेल्ने टिमको घोषणा गरिएको