१९ बैशाख २०८१, बुधबार | May 1, 2024

एमडीएमएस प्रणालीबारे पूर्व सञ्चारमन्त्री बास्कोटा : निकै ढिलो शुरु भए पनि राम्रो हो



काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले आजबाट कार्यान्वयनमा ल्याएको एमडीएमएस प्रणाली राम्रो भएको बताएका छन् ।

सामाजिक सञ्जालमा सरकारले कार्यान्वयनमा ल्याएको एमडीएमएस प्रणालीको व्यापाक आलोचना भइरहेका बेला बास्कोटाले भने समर्थनमा अभिव्यक्ति दिएका हुन् ।

‘मोवाईलको कालो बजारी रोकिने र राजश्व चुहावट बन्द हुने मात्र होईन मोबाइल सेटहरुको सुरक्षा गर्ने एमडीएमएस प्रणाली निकै ढिलो शुरु भए पनि राम्रो हो,’ सामाजिक सञ्जाल ट्वीटरमा बास्कोटाले लेखेका छन् ।

उनले मौलिकहकका पक्षमा उभिने अभियन्ताप्रति पनि एमडीएमएस प्रणालीलाई लिएर व्यङ्ग्य गरेका छन् ।

बास्कोटाले भनेका छन्, ‘तर हाँसो के लाग्छ भने, दुई वर्षअघि मोबाईल दर्ता गर्नु भनेको मौलिक हक उल्लंघन हो भनेर माइतिघरमा जुलुस बोलाउनेहरुले मोबाईल दर्ता गरे कि नाइँ।’

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ११ : ३५ बजे

आज नेपाल र वेस्ट इन्डिज ए बीच तेस्रो खेल हुँदै

काठमाडौं । पाँच खेलको ट्वान्टी-२० शृंखलाका लागि नेपाल भ्रमणमा रहेको

आजको मौसम : लुम्बिनीसहित ३ प्रदेशमा हावाहुरीको संभावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७