९ पुस २०८२, बुधबार | December 25, 2025

ओलीले सांसदहरुलाई गरे बिदाई, गाउँ गएर पार्टीलाई विजयी बनाउन निर्देशन



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसदलाई बिदाइ गरेका छन् ।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सांसदहरूलाई बिदाइ गरेका हुन् ।

उनले सांसदहरूलाई ४ मंसिरमा हुने निर्वाचनमा लाग्न निर्देशनसमेत दिए । ओलीले अब सबै सांसदहरुलाई गाउँ फर्किन र पार्टीलाई आगामी चुनावमा विजयी बनाउनेगरी खटिन निर्देशन समेत दिए । त्यसक्रममा ओलीले भनेका थिए, ‘सरकारले संसदको कार्यकाल लम्ब्याउने प्रपञ्च गर्‍यो । तर हाम्रोलागि भोलिदेखि संसदको कार्यकाल सकिएको छ, भोलिदेखि हामी संसदमा आउँदैनौं ।’

अध्यक्ष ओलीले अहिलेसम्म सांसदको रुपमा खेलेको भूमिका लागि सबै सांसदलाई धन्यवाद पनि दिए ।

२ असोजमा समानुपातिकको बन्दसूची बुझाउने कार्यतालिका भएकोले संसदको कार्यकाल सोही दिन सकिँदै छ ।

सोही कारण एमालेले शुक्रबार नै सांसदहरूलाई बिदाइ गरेको हो ।

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  २ : १७ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना