९ असार २०८३, मंगलबार | June 23, 2026

अन्तिम मतदाता नामावली प्रकाशित, १ करोड ७९ लाख ८८ हजार ५७०ले मतदान गर्न पाउने



काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएका छन् ।

निर्वाचन आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै मतदाता संख्याबारे जानकारी गराएको हो । आयोगका अनुसार स्थानीय तह निर्वाचनपछि २ लाख ५५ हजार मतदाता थपिएका छन् । स्थानीय निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता थिए।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए। मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताले मतदानमा भाग लिन पाउने आयोगले जनाएको छ ।

आयोगले अन्तिम मतदाता नामावली आफ्नो वेवसाइटमा प्रकाशित गरेको छ । आयोगका अनुसार सबैभन्दा धेरै मतदाता काठमाडौं, मोरङ र झापामा रहेका छन् भने सबैभन्दा कम मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

आयोगले निर्वाचनका लागि १० हजार ८९१ मतदानस्थल तोकेको छ । यस्तै २२ हजार २२६ वटा मतदानकेन्द्र कायम गरिएको छ।

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  ३ : ५७ बजे

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३

विष्णु पौडेल सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । विशेष अदालतले पूर्वउपप्रधान तथा अर्थमन्त्री तथा नेकपा एमालेका

रास्वपाको बन्दसत्रमा पुगे प्रधानमन्त्री बालेन शाह

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता

तिलोत्तमामा नेवारी परिकार बनाउने प्रशिक्षण सम्पन्न

तिलोत्तमा । नेवाः देय् दबु तिलोत्तमाको आयोजनामा सञ्चालित १० दिने