२७ भदौ २०८३, शनिबार | September 12, 2026

बुटवलको ईट्टाभट्टीबाट पेस्तोलसहित १ जना पक्राउ



बुटवल । बुटवलको ईट्टाभट्टी स्थित एक होटलबाट पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आज मध्यान्ह १२स्३० बजे स्थानीय नमोबुद्ध होटलको १०४ नम्बरको कोठाबाट बाग्लुङ दगातुडाँडा १ स्थायी घर भई बुटवल उप(महानगरपालिका वडा नं. ८ सुख्खानगर बस्दै आएका ३३ वर्षिय सन्त्तोष सलामीलाई प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा सलामीलाई वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ । सलामीबाट काठको बिँड भएको रिभल्वर पेस्त्तोल थान १, रिभल्वर पेस्त्तोलमा लोड भएको गोली १ थान र अन्य थान २ गोली बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका सलामीलाई आवश्यक अनुसन्धान पश्चात जिल्ला अदालत रुपन्देहीबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  ८ : ५६ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल