२२ माघ २०८२, बिहिबार | February 5, 2026

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरवेजका सातामा सात उडान



भैरहवा । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि जजिरा एयरवेजले हप्तामा सातवटा उडान सुरु गरेको छ ।

गएको जेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा एयरवेजले शुक्रबारदेखि सात उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक यात्रामा जाने यात्रुको सङ्ख्या बढ्दै गएपछि शुक्रबारदेखि जजिरा एयरवेजले आफ्नो उडान हप्तामा सातै दिन राखेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिए ।

उनका अनुसार भैरहवामा श्रमको कार्यालय सञ्चालनमा आएसँगै यात्रु माग अझै वृद्धि हुने देखिएको छ । अबुधाबी बेस रहेको विज एयरले पनि भैरहवा विमानस्थलबाट आउँदो अक्टोबर ३० तारिकबाट नियमित उडान गर्ने अनुमति पाइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

उक्त कम्पनीले टिकट बुकिङ लिनका लागि नागरिक उड्डयन प्राधिकरणबाट ‘नो अब्जेक्शन लेटर’ पाइसकेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उनका अनुसार उक्त एयरको उडान तालिका भने निश्चित हुन बाँकी छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म ११ हजार यात्रुले उडान अवतरण गसिकेका बताइएको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा विस्तारका लागि विमानस्थल सेवा शुल्कमा शत्प्रतिशत छुटको व्यवस्था गरेको छ भने नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : ११ बजे

पीडितमैत्री सेवा सुदृढ गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

बाँके । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीले प्रदान गर्ने

हिउँले ढाकिएको छाङरूमा पहरा गर्दै सशस्त्र

दार्चुला । कठोर जाडोकाबीच पनि हतियारसहित गस्तीमा निस्किएका उनीहरु राष्ट्रको

प्रचण्डको घोषणा – निर्वाचनमा नेकपाले कुनै दलसँग गठबन्धन गर्दैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

नवलपुर-१ : कांग्रेसको विरासत, वामको चुनौती र वैकल्पिक शक्तिको परीक्षा

नवलपुर । २०४८ सालदेखि निरन्तर नेपाली कांग्रेसको वर्चस्व रहेको नवलपुर

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको