२२ माघ २०८२, बिहिबार | February 5, 2026

नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण पुलिसलाई



काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको पहिलो स्वर्ण नेपाल पुलिस क्लबले प्राप्त गरेको छ । राष्ट्रिय खेलकुदअन्तर्गत भएको ३४औँ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली सेनाको त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पहिलो स्वर्णमा आफ्नो नाम लेखाउन सफल भएको हो ।

बर्षाका कारण ८ ओभरमा छोट्याईएको प्रतियोगितामा सेनाले दिएको १०४ रनको लक्ष्य पुलिसले २ विकेटको क्षतिमा ७ बल बाँकी छँदै भेट्यायो । पुलिसले ६।५ ओभरमा १०५ रन जोड्न सफल भयो । पुलिसका लागि म्यान अफ द म्याच कुशल भुर्तेलले ३ चौक र ६ छक्काको मद्धतले १९ बलमा ५१ रन जोडे । उनी जितेन्द्र मुखियाको एलबिडब्लू धरापमा परेर आउट भए ।

यस्तै, सुनिल धमलाले १७ बलमा ४२ रनल जोडे । ४२ रन बनाउने क्रममा २ चौका र ४ छक्का प्रहार गरे । यसैगरी दिपेन्द्र सिंह एैरीले ४ बलमा ४ रन र आरिफ सेख १ बलमा ६ रनका साथ नटआउट रहे । सेनाका जितेन्द्र मुखिया र सुसन भारीले १, १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ्गको निम्तो पाएको सेनाले निर्धारित ८ ओभरमा ७ विकेटको क्षतिमा १०३ रन जोडेको थियो । विनोद भण्डारीले १४ बलमा ४० रन, रोहित पौडेलले १० बलमा २८ रन, कुशल मल्लले १३ बलमा १३ रन र भिम सार्कीले ४ बलमा ११ रन जोडे । पुलिसका गुलशन झाले २, ललित राजबंशीले २, रशिद खान र दिपेन्द्र सिंह ऐरीले १, १ विकेट लिए । उपविजेता सेनाले रजत पदक प्राप्त गर्‍यो

तेश्रो स्थानका लागि सुदूरपश्चिम र एनआरएनएबीचको खेल बर्षाका करण हुन नसकेपछि टसबाट निर्णय गरिएको थियो । जसमा सुदूरपश्चिमले जित हात पार्दै कास्य पदक प्राप्त गर्न सफल भयो । विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोईराला ज्वाला लगयातले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ८ : २३ बजे

सुनको मूल्य तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेख्य रूपमा घटेको

काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलबार रु एक

कागजका मागदेखि जमिनको विकाससम्म : गुल्मी क्षेत्र नं २ को बदलिँदो कथा

बुटवल । चुनावका बेला मतदाताले लेखेरै बुझाउने कागजका चाङ्ग धेरैलाई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा.

मकवानपुरमा चुनावी चहलपहल बढ्दै

हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै मकवानपुरका सहरी एवं