४ आश्विन २०८३, आइतबार | September 20, 2026

ओलीलाई प्रचण्डको प्रश्न – प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भएको नभनेर के भन्ने ?



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गरेर तत्कालिन सरकारले देशमा प्रतिगमन गरेको टिप्पणी गरेका छन् ।

शनिबार प्रतिनिधिसभाको अन्तिम बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ फर्काउने क्रममा यस्तो बोलेका हुन् । त्यसअघि ओलीले सम्बोधन गर्दै प्रतिनिधिसभा विघटनको बचाउ गरेका थिए ।

अर्को सरकार गठन हुने अवस्था हुँदाहुँदै सदन विघटन गर्न नपाउने संवैधानिक व्यवस्थालाई ओलीले उपेक्षा गरेको आरोप लगाए । उनले भने, ‘प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिगमन र लोकतन्त्रको व्याख्या गर्नुभयो । मलाई अलि अनौठो लाग्यो । जसले जे भने पनि हुने रहेछ कि क्या हो भन्ने लाग्यो मलाई । संविधानमा हुँदै नभएको अधिकार सदनभित्रबाट अर्को सरकार बन्ने सम्भावना भएसम्म सदन विघटन गर्न पाइँदैन सचेत रूपले संविधानमा व्यवस्था गरेको होइन ? अनि सरकार बनाउने अर्को सम्भावना हुँदाहुँदै संसद विघटन गर्दिने ?’

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  २ : ४६ बजे

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी । वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार

कुनै चमत्कार नभए कांग्रेस विभाजनको अन्तिम डिलमा पुग्यो : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी

धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु

धनकुटा । ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका–