३० भदौ २०८३, मंगलबार | September 16, 2026

तराई लक्षित पल्सर एनएस १ सय २५ सिसि बाइक बुटवलमा लन्च, झरीमा प्रमोद र टिकाले तताए बटौली



बुटवल । चर्चित गायक प्रमोद खरेल र टीका प्रसाईले शनिबार बुटवल झरीमा दर्शकलाई नचाएका छन । एक त झरी अर्को विश्वकर्मा पुजाको दिन राखिएको बजाज पल्सर एनएस १ सय २५ सिसि लन्च कार्यक्रममा गायक प्रमोद खरेल र गायिका टीका प्रसाईले नचाए ।

कार्यक्रममा गायीका टीका प्रसाईले नाई मलाई थाहा छैन…, तिम्रो आखा गाजलेले नहेर मलाई लाजले…, तुमलाइ चट्ट सलाम छ…, माया लुकिलुकि…., लाज किन बाबा….जस्ता गीत गाएर नचाए ।

त्यस लगतै गायक प्रमोद खरेलले म बाचेकै तिमिसंग माया लाउन हो….., ओए झुमा झुम्कावाली……, चाहिदैन तिमी बिनाको….., यो कुरा गोप्य नै राखौला…., चल बतास चल अझै बेगले चल…..लगायतका गीत गाउदै दर्शक नचाए । यता सुमन कार्कीले उदघोषणसंगै क्यारिकेचर प्रस्तुत गर्दै दशर्कलाई हसाए । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता गोल्छा अर्गनाईजन अन्तरगतको हंसराज हुलास चन्द एण्ड कम्पनीले देशका विभिन्न शहरमा सागीतिक कार्यक्रममार्फत नयाँ बाइक लन्च कार्यक्रम बुटवलमा पनि गरेको हो ।

रुपन्देहीको आधिकारीक विक्रेता भैरव अटोमोबाईल्स प्रालिको आयोजनामा बुटवलमा भएको कार्यक्रमको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जल कसजुले उदघाटन गरेका थिए ।

दुई पाग्रे सवारीमा ग्राहकको रोजाईको पहिलो नम्बरमा पर्ने बजाजको तराई सडकका लागि धेरै उपयोगी र ईकोनोमी दाबी गरिएको पल्सर एनएस १ सय २५ सिसि बाईक समेत उनले लन्च गरे ।

भैरव अटो मोबाईल्स प्रालिका अध्यक्ष गोपाल बहादुर पोखरेलले बजाजको दशैतिहार विशेष अफर शुरु भएको जानकारी गराए । बिएस सिक्स प्रविधिको पहिलो बाईक भएको उनले बताए । बाईकको बजार मुल्य २ लाख ७९ हजार ९ सय रुपैयामा रहेको छ । कम्पनीले रातो, निलो, सुन्तला र खैरो गरि ४ कलरमा बजारमा आएको छ । यो संगै असोज २ गतेदेखि ७ गतेसम्म महामेला एक्सचेन्ज समेत चलाउने भएको छ ।
भैरव अटोमोबाईलका संचालक कपिल खड्काले कम बजेटमा उत्कृष्ट सिरिजको लुक्स भएको दाबी गरे । बजारमा १८ वटा मोडलहरु बजाजका दुईपाग्रे बिक्रीवितरण हुँदै आएको छ ।

कार्यक्रममा भैरवका संचालक कृष्ण बहादुर खड्का, ठाकुर खड्का क्षेत्री, बिनिप्रसाद भारी, बजार म्यानेजर सुबिन भारीले बजाज सम्बन्धि राखिएको क्विज प्रतियोगितामा सहि जवाफ दिने दर्शकलाई मायाको चिनोबाट सम्मान गरेका थिए । पुर्व बिर्तामोडदेखि शुरु गरेर ईटहरी, जनकपुर, भरतपुर, बुटवल हुदै नेपालगंजमा पुगेर कार्यक्रम समापन हुने उनले बताए ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ७ : ४८ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज