२९ भदौ २०८३, सोमबार | September 15, 2026

फेवातालमा महानगरको नजर, भत्काउला ५०० घर टहरा ?



पोखरा । पोखरा महानगरपालिकाले फेवातालको मापदण्डविपरीत बनाइएका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ । शनिबार एक सूचना जारी गरि निर्माण भइरहेका संरचना रोक्न र मापदण्डविपरीतका घर टहरा हटाउन निर्देशन दिएको हो ।

यदी धनी आफैँले नहटाए १ सातापछि महानगरपालिकाले हटाउने चेतावनी दिएको छ । मेयर धनराज आचार्यसहितको टोलीले ताल किनारको अवलोकन गरी मापदण्ड कार्यान्वयन गर्ने र अवैध संरचना भत्काउने चेतावनी दिएर फर्किएको छ ।

यसअघिका जनप्रतिनिधिले पनि पटक पटक डोजर लगेर भत्काए पनि रातारात संरचना बन्न छोडेका छैनन् । अहिले पनि ताल अतिक्रमण गरेर संरचना बनिरहेका छन् । फेवाको मापदण्ड ६५ मिटर छ । अघिल्लो जनप्रतिनिधिको अन्तिम समयमा मापदण्ड घटाएर ३५ मिटरमा झारिएको थियो । २०७८ चैतमा मापदण्ड घटाउने निर्णय गरेपछि महानगरको निर्णयविरुद्ध सर्वोच्चमा मुद्दा पर्‍यो । अदालतले तत्कालका लागि ६५ मिटर नै मापदण्ड कायम गर्न अन्तरिम आदेश दिएको छ ।

मेयर आचार्यले ६५ मिटरलाई नै आधार मानेर संरचना हटाइने बताए । ‘मुद्दा विचाराधीन भएकोले अहिलेको मापदण्ड ६५ मिटर नै हो । भोलि फरक निर्णय आए सोहीअनुसार गरौंला,’ उनले भने, ‘रातारात बनेका संरचना हट्छन् ।’ उनले भने झैं संरचना हटाउन भने सजिलो छैन । यदी महानगरले आँट गर्ने हो भने तत्कालै ५००भन्दा बढी स्थायी र अस्थायी संरचना हटाउनुपर्छ ।

महानगरले डेढ वर्षअघि गरेको एक अध्ययनअनुसार तालको ६५ मिटर मापदण्ड भित्र ५०० भन्दा बढी घरटहरा निर्माण भएको उल्लेख छ । त्यसमध्ये २ सय ४५ वटा संरचना स्थायी छन् भने बाँकी २ सय ४८ संरचनाहरु अस्थायी छन् ।

३५ र ६५ मिटर मापदण्डको छुट्टाछुट्टै प्रतिवेदन बनाएर महानगरले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको थियो । जहाँ ८ तले पक्की भवनदेखि साना टहरासम्म पर्छन् । त्यतिमात्रै होइन, तालको पानीभित्र डेढ सय रोपनी जमिन व्यक्तिको नाममा छ । १३३ रोपनी जग्गा व्यक्तिले भोगचलन गरिरहेको प्रतिवेदन बनाइएको छ ।

तालको सीमाभित्र भने एक हजार ६१० रोपनी जमिन व्यक्तिको नाममा छ । फेवातालको सीमांकन गर्नका लागि संघ सरकारले २०७७ कात्तिकमा कास्की जिविसका तत्कालीन सभापति पूण्य पौडेलको संयोजकत्वमा अध्ययन टोली गठन गरेको थियो ।

उक्त समितिले फागुन २ गते नयाँ सीमाना सहितको प्रतिवेदन सरकारलाई बुझाएको हो । समितिको प्रतिवेदन अनुसार तालको सीमाना पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौंदी र चंखपुरबीचको दम्किलो तथा दक्षिणमा रानीवन कायम गरिएको छ । जसअनुसार फेवाताल अव ५।७२६ वर्ग किलोमिटर ठूलो भएको छ । सोही समितिले फेवाको गुरुयोजना पनि बनाएर सरकारलाई दिएको छ ।

महानगरको रिपोर्टमा भने ताललाई पूरानै स्वरुपमा लैजानका लागि ६५ मिटर मापदण्ड कायम गर्दा ३४ अर्व मुआब्जा दिनुपर्ने उल्लेख गरेको छ । मालपोत मुल्यांकन अनुसार न्यूनतम १० अर्व र चलनचल्तीको मुल्य दिए ३४ अर्व लाग्ने अनुमान छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ११ : २९ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ