२९ भदौ २०८३, सोमबार | September 15, 2026

कोदोको रक्सी ब्रान्डिङ गर्दै गण्डकी विश्वविद्यालय, कसरी हुँदैछ अनुसन्धान ?



पोखरा । गण्डकी सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयले नेपालको घरेलु मदिरा कोदोको रक्सीमा अनुसन्धान गरिरहेको छ । कोदोको रक्सीलाई ब्रान्डिङ गर्न अनुसन्धान थालिएको हो । कोदोबाट बन्ने रक्सीजन्य पदार्थबारे विज्ञ समूहले अनुसन्धान थालेको हो । अनुसन्धान केन्द्र निर्देशक प्रा।डा। देवप्रसाद पाण्डेको संयोजकत्वमा ६ सदस्यीय विज्ञ टोलीले अध्ययन अन्तिम चरणमा पुर्‍याएको छ ।

विश्वविद्यालयले कास्की, स्याङ्जा, म्याग्दी, लमजुङ र नवलपुरबाट रक्सी संकलन गरेर गुणस्तर मापन गरेको छ । ल्याव रिपोर्टले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्डअनुसारको पेय पदार्थ भए यसलाई ब्रान्डिङ गर्ने विश्वविद्यालयले जनाएको छ ।

‘कोदोको मदिराजन्य अनुसन्धानले नेपाललाई नै समृद्ध बनाउने तथ्य बाहिर ल्याउँछ भन्ने हाम्रो विश्वास छ,’ कार्यदलका संयोजक पाण्डे भन्छन्, ‘अनुसन्धानले कोदोको मदिराजन्य पदार्थ उत्पादनमा नयाँ रहस्य पक्कै आउँछ । यसबाट विदेशी ब्रान्डका रक्सीको आयात घटाउँदै देशलाइ समृद्ध बनाउने आधार तयार हुनेछ । कोदोको रक्सीलाई ब्रान्डिङ गरेर त्यसको प्याटेन्ट राइटसमेत नेपालको हुनेछ ।’

विदेशबाट महँगा रक्सी नेपालमा आयात हुँदा अर्वौं रुपैयाँ बाहिरिएको छ । कोदोको रक्सी स्वादमा पनि फरक भएकोले यसलाई ब्रान्डिङ गर्नुपर्ने आवाज सर्वत्र छ । गण्डकी प्रदेशसभामा बोल्ने सांसदहरूले पनि कोदोको रक्सीलाई वैध बनाउनुपर्ने आवाज उठाएका थिए । रक्सीको अनुसन्धानमा पाँच करोड खर्च हुने बताइएको छ ।

विश्वविद्यालयले प्रत्येक जिल्लाका ८५ वटा नमुना संकलन गरेको छ । परम्परागत रूपमा मदिरा उत्पादन गर्ने चार सय २५ घरको नमुना संकलन भएको पाण्डेले जानकारी दिए । उक्त मदिरा उत्पादन प्रक्रिया समेत मसिनो गरी अनुसन्धान गरिएको छ । खाद्य प्रविधि विभागमा एक वर्ष लगाएर रक्सीको इथानल, मिथानल र आर्सेनिकसहित विभिन्न सूचक हेरिएको छ । केही नमुनामा विषाक्त तत्व भेटिए पनि सबैमा त्यस्तो नभएको उनले बताए ।

‘मानिसको जीवनसँग जोडिएको रिसर्च भएकाले यसको अनुसन्धानले केही समय लिन्छ नै । केही नमुनामा मिथानल भेटिएको छ, यसले मानव स्थास्थ्यमा असर गर्छ,’ उनले भने, ‘अब मर्चाको पनि अन्तिम रिपोर्ट आउने तयारीमा छ । अल्कोहल र मर्चा पछि हामी कोदोको उत्पादनको विषयमा समेत अनुसन्धान गर्छौं ।’

गण्डकी विश्वविद्यालयले केही समयअघि अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशाला गरेको थियो । बेलायत, कोरिया, अमेरिकालगायत देशका विज्ञहरू सहभागी थिए । घरेलु रक्सी उत्पादनलाई गैरकानुनी मानिँदै आएकोमा पछिल्लो वर्षमा यसको ब्रान्डिङबारे बहस हुन थालेको हो ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  १२ : ०५ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ