२१ मंसिर २०८२, आइतबार | December 7, 2025

घुस रकमसहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव नेपालविरुद्ध विशेष अदालतमा आरोपत्र दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले घुस रकमसहति रंगेहात पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालय, नागरिक उड्‌डयन मन्त्रालयमा कार्यरत उपसचिव प्रमोद नेपालविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

प्याराग्लाईडिङ्ग सञ्चालन अनुमति पत्र (लाईसेन्स) उपलब्ध गराइदिने भन्दै उनले सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

उनी चढ्ने गाडी खान तलासी गर्दा थप १६ लाख ५० हजार पनि बराम बरामद गरिएको थियो । अनुसन्धानको सिलसिलामा उप(सचिव नेपालले सेवाग्राहीसँग प्याराग्लाईडिङ्ग सञ्चालन गर्न सञ्चालन अनुमतिपत्र (लाईसेन्स) दिने क्रममा घुसररिसवत लिएको पुष्टि भएको अख्तियारको भनाइ छ । सोही आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज प्रमोद नेपाललाई बिगो ६ लाख रुपैयाँ कायम गरी ऐन अनुसार जरिवानाको सजाय र सोही ऐन अनुसार कैद सजाय मागदावी गरिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ३ : ३५ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन