३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

बाँकेको नरैनापुरमा भोकमरी, राहतका लागि किसानहरु पालिका सरकारसँग गुहार माग्दै



नरैनापुर । नरैनापुर गाउँपालिकामा भोकमरी सुरु भएको छ । भोकमरी सुरु भएपछि सर्बसाधारण नागरिकहरु राहत माग्न गाउँपालिका आउन थालेका छन् । सुख्खा खडेरीका कारण खेती गर्न नपाएको र घरमा राखिएको सबै खाद्यान्न सकिएपछि राहत माग्न गाउँपालिका आएको पीडितले बताएका छन् ।

नरैनापुर गाउँपालिका वडा नम्बर ६ गंगापुर निवासी कृष्णावती मौर्यले सुख्खा खडेरीका कारण खेती गर्न नपाउँदा भोकमरी सुरु भएको बताइन् । ‘घरमा भएको अनाज सबै सकियो, खेतबारीमा बालीबोट छैन,’ उनले भनिन् ‘भोकमरीले छट्पटी सुरु भएपछि गाउँपालिका आएकी हुँ ।’ गाउँपालिका पुगेर कृष्णावतीले अध्यक्ष ईश्तियाक अहमद शाहलाई भेटेर खाद्यान्न ब्यवस्था मिलाईदिन अनुरोध गरेकी थिइन् ।

कृष्णावती जस्तै नरैनापुर गाउँपालिका वडा नम्बर ४ की रिता कलवारको समस्या पनि उस्तै छ । उनीसँग रहेको करिव ६ कठ्ठा जमिन यसवर्ष बाँझै छ । खेतबारी बाँझै छ । घरमा राखिएको अनाज पानी रित्तिसक्यो । भोकमरी सुरुभएपछि गाउँपालिका आउनुको विकल्प नभएको उनले पनि सुनाईन् । ‘भोकभरीले सताउन थालेपछि गाउँपालिका आएकी हुँ,’ रिताले भनिन् ।

नरैनापुरमा यसवर्ष कुल खेतीयोग्य जमिनको करिव १५ प्रतिशतमा मात्र खेती भएको गाउँपालिकाको तथ्यांक छ । सुख्खा खडेरीका कारण खेत गर्न नपाउँदा अधिकांस किसानको खेतबारी बाँझै रहेका छन् । गाउँपालिकाले नरैनापुरलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै प्रदेश र संघिय सरकारसँग तत्काल राहत प्याकेज उपलब्ध गराउन र प्रत्येक वडामा ३÷३ वटाका दरले डिप बोरिङको ब्यवस्था गर्न माग गरेको थियो । गाउँपालिका अध्यक्ष शाहले यसअघि अर्थमन्त्री जनार्दन शर्मालाई नरैनापुरमै लगेर स्थलगत निरीक्षण गराएका थिए । यसका साथै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक, प्रदेश सांसद कृष्णा केसी नमुना लगायतले पनि स्थलगत निरीक्षण गरेका थिए ।

गाउँपालिका अध्यक्ष शाहले खेती गर्न नपाएका अधिकांस किसानको घरमा भोकमरी सुरु भइसकेको बताए । ‘भोकमरीबाट पीडित किसानहरु अहिले ठुलो संख्यामा गाउँपालिका आउने गरेका छन्, मेरो घरमै पुगेर पनि उनीहरुले आफ्नो दुःख सुनाउँछन्,’ शाहले भने ‘संघिय सरकारले अहिलेसम्म कुनै राहत घोषणा नगर्नु दुःखद कुरा हो ।’ संघिय सरकारका अर्थमन्त्री जनार्दन शर्मा र युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज स्वयंले स्थलगत निरीक्षण गरिसकेकाले सरकारबाट राहत कार्यक्रम घोषणा हुनेमा आशा जागेको उनले बताए ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ६ : ३२ बजे

जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु

चितवन । जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको

कामी रिता शेर्पाको ३२ औँ सगरमाथा आरोहण, फेरि तोडे आफ्नै विश्व कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध आरोही कामी रिता शेर्पाले संसारको सर्वोच्च शिखर

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

सार्वजनिक स्रोत-साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र

मुस्ताङबाट झण्डै छ सय कार्टुन विद्युतीय चुरोट ‘भेप’ बरामद

मुस्ताङ । नेपाल-न उत्तर कोरलानास्थित लोमान्थाङ-१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ