३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन, कुन कुन दलले बुझाउँदै छन् सूची ?



काठमाडौं । ठूला तीन दलले आज समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने भएका छन् ।

दलहरुले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगलाई बुझाउने तयारी गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतािन्त्रक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलले आयोगमा बन्दसूची बुझाउनेछन् ।

नेकपा एमालेले हिजै उम्मेदवारहरुको सूची तयार पारिसकेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने आज टुंगो लगाउनेछन् । माओवादीले उम्मेदवारको टुंगो लगाउन पदाधिकारी बैठक बोलाएको छ ।

प्रतिनिधिसभाको ११० र प्रदेशसभाको २२० गरी ३३० संख्यामा उम्मेदवाहरु टुंग्याउनुपर्ने भएपनि तल्ला कमिटीबाट धेरै जनाको नाम सिफारिस भएपछि दलहरुलाई समयमै नाम टुंग्याउन गाह्रो भएको थियो । यद्यपी, निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज बन्दसूची बुझाउने अन्तिम दिन भएका कारण दलहरुलाई जसरी पनि बुझाउनै पर्ने बाध्यता छ ।

आयोगले अहिले बुझाएको बन्दसूचीमा कस्टरअनुसार नमिलेको भए असोज १६ गतेसम्म सुधार गर्ने मौका दिनेछ । तर, अहिले डमि उम्मेदवार उठाएर पछि फेरबदल गर्न भने आयोगले नदिने भएको छ । आयोगले हिजो र आजका लागि बन्दसूची बुझाउन समय दिएको थियो ।

हिजो नेपाल समावेशी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले मात्रै बन्दसूची बुझाएका थिए।

आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ७६ दलको ६८ वटा निवेदन परेका छन् । निवेदन दिएका सबै दलले बन्दसूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै करिब २० हजार हुने आयोगको अनुमान छ ।

समानुपातिकतर्फको बन्दसूचीमा दलहरूले कुल उम्मेदवारमध्ये खस–आर्य ३१.२, आदिवासी जनजाति २८.७, मधेसी १५.३, दलित १३.८, थारू ६.६ र मुस्लिम ४.४ प्रतिशत समावेश गर्नुपर्नेछ । प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : ३९ बजे

एमाले बाँके अधिवेशनको तयारी पुरा, अध्यक्षमा ४ जना आकाँक्षी

नेपालगन्ज । नेकपा (एमाले)को नवौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

मानव सेवा आश्रमको मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

नेपालगन्ज । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम