९ असार २०८३, मंगलबार | June 23, 2026

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन, कुन कुन दलले बुझाउँदै छन् सूची ?



काठमाडौं । ठूला तीन दलले आज समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने भएका छन् ।

दलहरुले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगलाई बुझाउने तयारी गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतािन्त्रक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलले आयोगमा बन्दसूची बुझाउनेछन् ।

नेकपा एमालेले हिजै उम्मेदवारहरुको सूची तयार पारिसकेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने आज टुंगो लगाउनेछन् । माओवादीले उम्मेदवारको टुंगो लगाउन पदाधिकारी बैठक बोलाएको छ ।

प्रतिनिधिसभाको ११० र प्रदेशसभाको २२० गरी ३३० संख्यामा उम्मेदवाहरु टुंग्याउनुपर्ने भएपनि तल्ला कमिटीबाट धेरै जनाको नाम सिफारिस भएपछि दलहरुलाई समयमै नाम टुंग्याउन गाह्रो भएको थियो । यद्यपी, निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज बन्दसूची बुझाउने अन्तिम दिन भएका कारण दलहरुलाई जसरी पनि बुझाउनै पर्ने बाध्यता छ ।

आयोगले अहिले बुझाएको बन्दसूचीमा कस्टरअनुसार नमिलेको भए असोज १६ गतेसम्म सुधार गर्ने मौका दिनेछ । तर, अहिले डमि उम्मेदवार उठाएर पछि फेरबदल गर्न भने आयोगले नदिने भएको छ । आयोगले हिजो र आजका लागि बन्दसूची बुझाउन समय दिएको थियो ।

हिजो नेपाल समावेशी पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीले मात्रै बन्दसूची बुझाएका थिए।

आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिकका लागि ७६ दलको ६८ वटा निवेदन परेका छन् । निवेदन दिएका सबै दलले बन्दसूची बुझाएमा समानुपातिकका उम्मेदवार मात्रै करिब २० हजार हुने आयोगको अनुमान छ ।

समानुपातिकतर्फको बन्दसूचीमा दलहरूले कुल उम्मेदवारमध्ये खस–आर्य ३१.२, आदिवासी जनजाति २८.७, मधेसी १५.३, दलित १३.८, थारू ६.६ र मुस्लिम ४.४ प्रतिशत समावेश गर्नुपर्नेछ । प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : ३९ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३