९ असार २०८३, मंगलबार | June 23, 2026

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको अध्यक्षमा लक्ष्मीप्रसाद पाण्डेय निर्वाचित



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ११ औं महाधिवेशन गत भदौ ३० र ३१ गत पोखरामा सम्पन्न भएको छ । महाधिवेशनबाट लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा आगामी दुई वर्षका लागि ४१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ ।

वरिष्ठ उपाध्यक्षमा बद्रिप्रसाद तिमिल्सिना, उपाध्यक्षहरुमा लक्ष्मी ज्ञवाली, ईश्वर उप्रेती, लूजः श्रेष्ठ र महासचिवमा रबिन्द्रप्रसाद चौलागार्इं निर्वाचित हुनु भएको छ । यसैगरी, उपमहासचिवमा श्रवणकुमार सिंह, पेसल नेपाल, सचिवहरुमा कविप्रसाद बराल, कृष्णप्रसाद लम्साल, रेणुका न्यौपाने, उषा ढुलाल, सुष्मा ज्ञवाली, कोषाध्यक्षमा ऋषि ज्ञवाली र सहकोषाध्यक्षमा लिना यादब तथा बाँकी २६ जना सदस्यहरु निर्वाचित भएका छन् ।

संघका का.वा.अध्यक्ष रामप्रसाद जोशीको अध्यक्षतामा सम्पन्न भएको महाधिवेशनकोे समुद्घाटन नेकपा एमालेका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले गरेका थिए । उनले रा.वा. बैंक नेपालको आर्थिक क्षेत्रको महत्वपूर्ण वित्तिीय संस्था भएको बताउंदै, संंस्थालाई सबल बनाउन व्यवस्थापन र ट्रेड युनियनको भूमिका अहम हुने बताए ।

सो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पेसागत महासंघ नेपालका संयोजक बाबुराम थापा, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल (बिफु) का राष्ट्रिय अध्यक्ष धर्मराज मैनाली, पेसागत महासंघ नेपालका सल्लाहकार संयोजक पुण्य ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नेपाल वित्तीय संस्था कर्मचारी संघ रा.वा.बैंकका अध्यक्ष ईश्वर बहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव उभार पाण्डे, कषि विकास बैंक कर्मचारी संघका अध्यक्ष लिला जि.सी., पूर्व अध्यक्ष हेमराज सुवेदी लगायत पेसागत क्षेत्रका नेताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  १ : २१ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३