९ असार २०८३, मंगलबार | June 23, 2026

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक



नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको जोखिम बढ्दै गइरहेको प्रति सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी काठमाडौंले आज नेपालगन्जमा आयोजना गरेको “किशोर–किशोरी मानसिक स्वास्थ्यमा जिम्मेवार सञ्चारका लागि पत्रकार अन्तरक्रिया कार्यक्रम” मा सहभागीहरुले किशोरकिशोरीहरुमा देखिएको मानसिक स्वास्थ्य प्रति चिन्ता ब्यक्त गरेका हुन् ।

उनीहरुले मानसिक स्वास्थ्यका बारे सही सूचना प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने जनाएका छन् । सञ्चारमाध्यमले किशोरकिशोरीमा मानसिक स्वास्थ्यसम्बन्धी सूचना तथा शिक्षा प्रवाह गर्न, सही जानकारी फैलाउन र सकारात्मक सोचको विकास गर्न महत्वपूर्ण योगदान दिन सक्ने विषयमा सहभागीहरुले जोड दिएका छन् । सहभागी पत्रकारहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषण गर्दा संवेदनशील, तथ्यपरक र जिम्मेवार बन्न आग्रह गरिएको थियो ।

कार्यक्रममा प्रस्तुति दिँदै जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीले युवामा मानसिक स्वास्थ्य समस्या बढ्दो चुनौतीका रूपमा देखिएको बताइन् । डा. उप्रेतीले नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक रहेको उल्लेख गर्दै आत्महत्या अहिले प्रमुख सार्वजनिक स्वास्थ्य समस्यामध्ये एक बनेको बताइन् । उनले मानसिक स्वास्थ्यलाई अझै पनि गलत बुझाइ, डर र सामाजिक कलंकका रूपमा लिने प्रवृत्ति कायम रहेकाले समस्या थप जटिल बन्दै गएको बताइन् ।

उनका अनुसार विश्वभर करिब ६.२ प्रतिशत किशोरकिशोरी मानसिक असन्तुलनको समस्याबाट प्रभावित छन् भने २.८ प्रतिशतमा तनावको अवस्था रहेको छ । त्यस्तै ११.२ प्रतिशत बालबालिकामा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या देखिने गरेको उनले जानकारी दिइन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै संस्थाकी सचिव एवं मनोपरामर्शकर्ता सुदिपा ढुंगानाले मानसिक स्वास्थ्यसम्बन्धी विषयलाई लुकाउने वा कलंकका रूपमा हेर्ने प्रवृत्तिले समस्या थप जटिल बनाउने बताउँदै परिवार, विद्यालय, समुदाय र सञ्चारमाध्यमले सचेतना अभिवृद्धिमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरिन् ।

कार्यक्रममा सहभागी पत्रकारहरुले आफुहरुले भोगेका मानसिक तनावका घटनाहरु सुनाएका थिए । कार्यक्रम संचालन संस्थाका फिल्ड अधिकृत गणेश प्रसाद भट्टराईले गरेका थिए ।

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले किशोरकिशोरीको मानसिक स्वास्थ्य, बालविवाह, बालश्रम, असुरक्षित बसाइँसराइ तथा मानव बेचबिखन न्यूनीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १० : ५३ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३