९ भदौ २०८३, मंगलबार | August 25, 2026

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग



काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ गैरकानुनी, गैरन्यायिक तथा प्रतिशोधपूर्ण भएको निष्कर्ष निकाल्दै तत्काल बिनाशर्त रिहा गर्न सरकारसँग माग गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको एमाले संसदीय दलको बैठकले पौडेललाई पूर्वाग्रहपूर्ण ढंगले पक्राउ गरिएको भन्दै उक्त कदमको भर्त्सना गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महरले पौडेलको पक्राउ कानुनी राज्य र विधिको शासनको मर्मविपरीत रहेको बताए । उनले सरकारले अविलम्ब बिनाशर्त रिहाइको व्यवस्था गर्नुपर्ने भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिए ।

महरका अनुसार सरकारले फरक राजनीतिक विचार राख्ने दलका नेता तथा कार्यकर्तामाथि योजनाबद्ध र श्रृंखलाबद्ध रूपमा प्रतिशोध साँध्ने काम गरिरहेको एमालेको निष्कर्ष छ । यस्ता गतिविधि निरन्तर जारी रहे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुने चेतावनी पनि बैठकले दिएको छ ।

बैठकले सशक्त, रचनात्मक र जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने तथा पार्टीसँग समन्वय र सहकार्य गर्दै संसद्मा प्रभावकारी रूपमा प्रस्तुत हुने प्रस्ताव पारित गरेको छ । साथै, सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा अघि बढिरहेको आरोप लगाउँदै त्यसका विरुद्ध संसद्मार्फत संघर्ष गर्ने निर्णय समेत गरिएको महरले बताए ।

यसैबीच बैठकले चिया निर्यातमा देखिएको समस्या समाधान गर्न, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण उपभोग्य वस्तुमा परेको असर नियन्त्रण गर्न तथा मूल्यवृद्धि रोक्न सरकारको ध्यानाकर्षण गराएको छ ।

त्यस्तै, मनसुनजन्य तथा अन्य प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायलाई तयारी अवस्थामा राख्न, किसानलाई सहज रूपमा रासायनिक मल उपलब्ध गराउन तथा आवश्यक पूर्वतयारी गर्न सरकारलाई आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ८ : २९ बजे

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत