८ बैशाख २०८१, शनिबार | April 20, 2024

लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता : बुद्धिचालमा बर्दियाका निशान्त र रुपन्देहीकी नमन प्रथम



बुटवल । बुटवलमा जारी नवौ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तरगत बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।

सोमबार भएको पाचौ चरणको खेलमा पुरुषतर्फ बर्दियाका निशान्त श्रेष्ठ साढे ४ अंक सहित प्रथम भएका छन । रुपन्देहीका सुमन श्रेष्ठ ४ अंकसहित दोस्रो भए भने अर्घाखाचीका कुशल बेलबासे तेस्रो भए । यसैगरि महिला खेलतर्फ रुपन्देहीकी नमन सेढाइ ४ अंक सहित विजेता बन्दै छनौट भएकी छिन ।

उनी बुद्धिचाल खेलकी राष्ट्रिय खेलाडी समेत हुन । खेलमा रुपन्देहीकी बुद्धिकला राना र बाकेकी सृष्टि शाह क्रमश साढे ३ अंक सहित दोस्रो र तेस्रो भईन । महिलातर्फ १० जना तथा पुरुषतर्फ २२ जना खेलमा सहभागी भएका थिए । टिम विजेताका रुपमा रुपन्देही प्रथम, बाके दोस्रो तथा अर्घाखाची तेस्रो भएको छ ।

एक समारोहका बिच प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, खेल संयोजक केन्द्रीय उपाध्यक्ष माधव प्रधान, जिल्ला खेलकुद विकास समितिका सदस्य पशुपति उपाध्यायले विजयी तथा उपविजयी खेलाडी तथा प्रशिक्षकहरुलाई पुरस्कार तथा प्रमाणपत्रबाट सम्मान गर्दै प्रदेशलाई पदक जित्ने रुपमा खेल प्रदर्शन गर्न आग्रह गरे ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ४ : २९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल