२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

खोटाङमा मतदाता घटे


३ आश्विन २०७९, सोमबार  

130
Shares

खोटाङ । खोटाङमा स्थानीय तहको निर्वाचनको तुलनामा आगामी मङ्सिर-४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा मतदाता सङ्ख्या नौ सय ६० घटेको छ ।

गत वैशाख-३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख ४३ हजार सात सय ५२ मतदाता रहेको जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एक लाख ४२ हजार सात सय ९२ मतदाताले मात्र मतदान गर्न पाउने भएका छन् ।

आसन्न निर्वाचनमा पुरुष ७४ हजार सात सय २७ र महिला ६७ हजार आठ सय ६५ मतदाताले मताधिकार प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । गत असार-१ गतेदेखि साउन-१९ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन अभियानमा एक हजार दुई सय ७५ नयाँ मतदाता थप हुँदा पनि मतदात सङ्ख्या घटेको हो ।

मृत्यु भएका, बसाइँ सरेका र दोहोरो नाम भएका मतदाताको लगत कटाइएका कारण स्थानीय तहको निर्वाचनमा कायम रहेको मतदाता सङ्ख्या घटेको जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिए ।

करिब सात सय मतदाता बसाइँ सरेको, चार सयको हाराहारीमा मृत्यु भइसकेका र एक हजारको हाराहारीमा दोहोरो नाम भएका मतदाताको नाम हटाइएको कार्यालयले जनाएको छ ।

एकजना प्रतिनिधिसभा र दुईजना प्रदेशसभा सांसदको लागि मतदान हुने खोटाङमा एक सय ३६ मतदानस्थल र एक सय ९४ मतदान केन्द्र रहेका छन् । जिल्लाका विभिन्न पालिकाबाट चारवटा मतदानस्थल थप गर्ने प्रस्ताव आए पनि प्राविधिक कारणले नयाँ मतदानस्थल थप गर्न नसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

यसैबीच, आगामी निर्वाचनका लागि आफूलाई टिकट दिन माग गर्दै जिल्लाका नेता राजधानी काठमाडौं पुगेका छन् । जिल्ला पार्टी समितिको बैठकबाट आ–आफ्नो नाम लेखाएर सिफारिस गराएका नेताहरु अहिले टिकटका लागि काठमाडौँस्थित केन्द्रीय नेताहरुको घरदैलोमा धाउनेक्रम जारी छ ।

दश स्थानीय तह रहेको जिल्लामा सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दल र नेकपा ९एमाले० एक्लैबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनमा आवद्ध चार राजनीतिक दल नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी ९जसपा० र नेकपा ९एकीकृत समाजवादी० चुनावी तालमेलको गृहकार्यमा देखिएका छन् ।

 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ६ : १९ बजे

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर

नेपाल मोबिलिटी एक्स्पो-२०२६ सुरु

काठमाडौं । आजदेखि नेपाल मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको