१७ माघ २०८२, शनिबार | January 31, 2026

च्याम्पियन बनाउने वाचा पुरा गर्न नसकेको भन्दै प्रशिक्षक थापाद्वारा पदबाट राजीनामाको घोषणा



काठमाडौं । साफ महिला च्याम्पियनसिपको उपाधि जिताउन नसकेकोमा नैतिक जिम्मेवारी लिँदै राष्ट्रिय महिला फुटबल टिमका प्रमुख प्रशिक्षक कुमार थापाले पदबाट राजीनामाको घोषणा गरेका छन् ।

दशरथ रंगशालामा बंगलादेशसँग ३–१ ले पराजित भएपछि थापाले उपाधि जित्ने वाचा गर्न नसकेकोमा दुःख व्यक्त गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । थापाले पत्रकार सम्मेलन गर्दै भने, ‘आजैको दिनदेखि म यो टिम छोड्छु ।’

‘मैले जुन लक्ष्य राखेको थिए । त्यो पुरा गर्न सकिन । अहिलेनै पद त्यागको घोषणा गर्छु ।’, थापाले भने, ‘सफलता प्राप्त गर्न नसक्ने मान्छेले टासिएर बस्न हुदैन । म अहिलेबाटै छाड्छु ।’

थापाले टिमले राम्रो खेलेको पनि अवसरलाई सदुपयोग गर्न नसक्दा हार्न पुगेको विश्लेषण गरे । यद्यपी, प्रदर्शनबाट आफु सन्तुष्ट रहेको उनले बताए । सकेजति प्रदर्शन गरेको उनले बताए ।

नेपाली टोलीकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले खेलाडीले म्याच एक्सपोजर नपुगेको बताइन । उनले वर्षमा एउटा पनि प्रतियोगिता राम्ररी नहुने गरेको यथार्थ बताउँदै आफ्नो टीममा अनुभवको कमी रहेको बताइन ।

 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ८ : ३५ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक