२५ जेष्ठ २०८०, बिहिबार | June 8, 2023

पोखरामा नयाँ सम्मेलन केन्द्र बन्‍ने, १ अर्ब ६१ करोड लाग्‍ने अनुमान



पोखरा । पर्यटकीय सहर पोखरामा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माणको प्रक्रिया अघि बढेको छ । सिलिंगेमा बनाइने भनिएको सम्मेलन केन्द्रको ठाउँ खोजी र प्रारम्भिक प्रक्रिया सुरु भए पनि प्रगति राम्रो भएको छैन ।

प्रदेश र संघ सरकारले पनि निकै चासोका साथ उक्त योजना निर्माणमा जुटेको छ । पोखरामा ठूलो संख्या अट्ने सम्मेलन केन्द्र छैन । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउनुअघि २ हजार क्षमताको अर्को केन्द्र निर्माण गर्न लागिएको छ ।

हालको प्रदर्शनी केन्द्रमा २ हजार क्षमताको सम्मेलन केन्द्र निर्माणको प्रक्रिया अघि बढेको हो । अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्नकै लागि उक्त केन्द्र बनाउन लागिएको महानगरले जनाएको छ । सहरी विकास तथा भवन निर्माण विभागले सम्मेलन केन्द्र बनाउन चासो दिएको हो । केन्द्र निर्माणका लागि डीपीआर समेत भैसकेको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका प्रमुख सुरोज पौडेलका अनुसार प्रदर्शनी केन्द्रको ३३ रोपनी जमिनमा सम्मेलन केन्द्र बनाउन डीपीआर गरिएको हो । केन्द्र बनाउन बजेटसमेत विनियोजन गरिसकिएको छ । संघ सरकारले चालू वर्षमै खर्च गर्ने गरी १७ करोड रुपैयाँ विनियोजन गरेको हो । स्टिमेट अनुसार केन्द्र निर्माण गर्न १ अर्ब ६१ करोड खर्च लाग्ने अनुमान छ ।

९ रोपनी जग्गामा बेसमेण्टसहितको एउटा हल बन्ने छ । त्यहाँ ४ वटा ५० देखि १ सय जना अट्ने हल निर्माण हुनेछ भने अर्को २ हजार क्षमताको ठूलो हल बनाइने छ । बाँकी जग्गामा पार्किङ र प्रदर्शनी स्थल बन्ने छ । केही समयभित्रै टेण्डर प्रक्रिया अघि बढ्ने पौडेलले बताए । गण्डकी सरकार गठन भएकै वर्षदेखि पोखरामा अन्तराष्ट्रिय सभागृह बनाउने निर्णय गरेर बजेट समेत विनियोजन हुँदा समेत कार्यान्वयनमा गएको थिएन ।

अहिले पनि निर्माण पक्का भएको भने छैन । ‘पीपीपी मोडलमा बनाउने भनेको हो । अध्ययन एक चरण सकियो, तर अहिले रोकिएको छ,’ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका जनसम्पर्क अधिकृत कमल थापाले भने, ‘निर्वाचन अघि कुनै काम हुँदैन । त्यसपछिको नेतृत्वले अघि बढ्छ ।’

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ९ : २६ बजे

कांग्रेसको सदस्यता र नवीकरण अनलाइनमार्फत भर्न सकिने

काठमाडौं । नेपाली कांग्रेसले असार १ देखि सदस्यता वितरणलाई अनलाइनमार्फत

नेपालीमा फैलँदै ग्रेटर नेपाल प्रतिको चेतना

बुटवल । भारतले सांस्कृतिक पहिचान भन्दै हालसालै ग्रेटर भारतको नक्सा

Nepal becomes self-reliant on cornea production, Nepal Eye Bank

KATHMANDU: With the rise in number of eye donors in

कर्णालीको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार र सुशासन प्राथमिकता

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ को

लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीमा आगलागी

लखनउ । लखनउको किङ्ग जर्ज मेडिकल युनिभर्सिटीको निर्माणाधीन भवनमा बिहीबार