काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाएका दलहरु अब प्रत्यक्षतर्फ सोझिन थालेका छन् ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु सिट बाँडफाँट कार्यदलका सदस्यहरुसहित छलफलमा जुट्दैछन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज १० बजेपछि बैठक बस्दैछ । बैठकमा प्रतिनिधिसभाको १६० र प्रदेशसभाको १७० सिट बाँडफाँटबारे यसअघिकै छलफललाई निरन्तरता दिँदै टुंगोमा पुग्न सहमति खोजिने बताइएको छ ।
साउनदेखि सिट बाँडफाँटको कसरत गरेपनि अहिलेसम्म टुंगोमा पुग्न नसकेका दलहरुलाई अबको केहीदिनभित्र टुंग्याउनै पर्ने बाध्यता रहेको छ ।
समानुपातिको बन्दसूचीअघि नै बाँटफाँट टुगो लगाउने भने पनि त्यो सम्भव नभएपछि सत्तारुढ दलका नेताहरुले बैठक स्थगित गरेका थिए ।



















प्रतिक्रिया