४ पुस २०८२, शुक्रबार | December 20, 2025

खजुरामा दशैं महोत्सव गरिंदै



नेपालगन्ज । नेपालीहरुको महान पर्व बडा दशैको अवसर पारेर बाँकेको खजुरामा दशै महोत्सवगरिने भएको छ ।

आदर्श युवा बचत समुह (आदर्श युवा क्लव) खजुराले असोज १६ गते सप्तमीका दिन महोत्सव आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवका लागि खजुरा स्थित एक नम्बर बजारमा आयोजना गरिन लागेको दशैं महोत्सव तथा सास्कृतिक कार्यक्रम २०७९ को सचिवालय उद्घाटन भइसकेको छ ।

समूूहले यसपटक दशै पर्वलाई वृहत बनाउन शुभकामना आदान प्रदान, सांस्कृतिक कार्यक्रम, स्थानीय सामुदायिक विद्यालयलाई डस्टविन वितरणसँगै निःशुल्क स्वास्थ्य शिबिर समेत सञ्चालन गर्ने कार्यक्रम राखिएको दशैं महोत्सव तथा सांस्कृतिक कार्यक्रम २०७९ का संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।

महोत्सवमा खजुरा, नेपालगन्ज, बर्दिया लगायतबाट दर्शकहरु अवलोकन गर्न आउने समूहका सचिव सुवास निरौलाले अपेक्षा गरे ।

स्थापनाकालदेखि नै सामाजिक कार्य गर्दै आइरहेको समूहले विगतका वर्षहरुमा सामाजिक कार्यसँगै विभिन्न पर्वहरुलाई हर्ष उल्लासका साथ मनाउन निरन्तर रुपमा सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ३ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको