३ चैत्र २०८२, मंगलबार | March 17, 2026

खजुरामा दशैं महोत्सव गरिंदै



नेपालगन्ज । नेपालीहरुको महान पर्व बडा दशैको अवसर पारेर बाँकेको खजुरामा दशै महोत्सवगरिने भएको छ ।

आदर्श युवा बचत समुह (आदर्श युवा क्लव) खजुराले असोज १६ गते सप्तमीका दिन महोत्सव आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवका लागि खजुरा स्थित एक नम्बर बजारमा आयोजना गरिन लागेको दशैं महोत्सव तथा सास्कृतिक कार्यक्रम २०७९ को सचिवालय उद्घाटन भइसकेको छ ।

समूूहले यसपटक दशै पर्वलाई वृहत बनाउन शुभकामना आदान प्रदान, सांस्कृतिक कार्यक्रम, स्थानीय सामुदायिक विद्यालयलाई डस्टविन वितरणसँगै निःशुल्क स्वास्थ्य शिबिर समेत सञ्चालन गर्ने कार्यक्रम राखिएको दशैं महोत्सव तथा सांस्कृतिक कार्यक्रम २०७९ का संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।

महोत्सवमा खजुरा, नेपालगन्ज, बर्दिया लगायतबाट दर्शकहरु अवलोकन गर्न आउने समूहका सचिव सुवास निरौलाले अपेक्षा गरे ।

स्थापनाकालदेखि नै सामाजिक कार्य गर्दै आइरहेको समूहले विगतका वर्षहरुमा सामाजिक कार्यसँगै विभिन्न पर्वहरुलाई हर्ष उल्लासका साथ मनाउन निरन्तर रुपमा सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ३ : ४४ बजे

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर